नवनियुक्त चिनियाँ राजदूत छन् सोङ नेपालमा, द्विपक्षीय सम्बन्ध नयाँ उचाइमा पुर्याउन पहल गर्ने पतिबद्धता
नेपालका लागि चीनका नवनियुक्त राजदूत छन् सोङ आज नेपाल आइपुग्नुभएको छ । नेपालका लागि चीनको २२ औँ राजदूतको जिम्मेवारी सम्हाल्न उहाँ आज आइतवार काठमाडौं आइपुग्नुभएको हो । काठमाण्डौ आएलगत्तै ट्विट गर्दै राजदूत सोङले हिमालय वारपार चीन–नेपाल नेपाल मित्रता अमर रहोस् भन्नुभएको छ । यस्तै उहाँले नेपालमा चिनियाँ राजदूतको रूपमा काम गर्न पाउनु आफ्ना लागि सौभाग्य रहेको र नेपालको सौन्दर्य र संस्कृति देखेर चकित भएको उल्लेख गर्नुभएको छ । नेपाल–चीन सहयोगको पूर्ण सम्भावनालाई उजागर गर्न र द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन आफूले पहल गर्ने उहाँको भनाई छ । राजदूत सोङले विकास तथा समृद्धि र स्थायी मित्रताको सहकार्यका लागि चीन–नेपाल रणनीतिक साझेदारीको…