पेट्रोलियम पदार्थको मूल्य घटाउन प्रधानमन्त्री दाहालको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचन्ड) ले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिनुभएको छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको र भारतबाट आएको मूल्यसूचीअनुसार पनि सोही बमोजिम मूल्य समायोजन गर्न दाहालले वाणिज्य तथा आपूर्ति सचिव तोयम रायालाई निर्देशन दिनुभएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज वाणिज्य तथा आपूर्ति सचिवलाई बोलाएर प्रधानमन्त्री दाहालले आम जनतालाई राहतको अनुभूति हुने गरी पेट्रोल, डिजेल तथा हवाई इन्धनको मूल्य कटौती गर्न निर्देशन दिनुभएको बताइएको छ ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.