अन्तर्राष्ट्रिय समाचार

मञ्जुश्री फाइनान्सले ल्यायो अनलाइनबाटै खाता खोल्ने व्यवस्था

मञ्जुश्री फाइनान्सले ल्यायो अनलाइनबाटै खाता खोल्ने व्यवस्था

मञ्जुश्री फाइनान्सले अनलाइनबाटै खाता खोल्ने व्यवस्था गरेको छ । फाइनान्सले अब अनलाइन सेवा मार्फत् ‘मञ्जुश्री प्रिमियम बचत खाता’ खाता खोल्ने सुविधा उपलव्ध गराएकोे हो । उक्त फाइनान्सले प्रेषित गरेको विज्ञप्तिमा एक वर्ष वा सो भन्दा बढी अवधिको ब्यक्तिगत मुद्दति निक्षेपमा दुर्घटना तथा स्वास्थ्य बिमा समेत समावेश गरिएको जनाएको छ । फाइनान्सले स्मार्ट टेलरद्वारा भुक्तानीको सेवा, क्युआरकोड भुक्तानीको सेवा, मोबाइल बैंकिङ, एटीएम कार्ड, अन्य आधुनिक बैंकिङ सुविधा उपलव्ध गराउदै आएको जनाएको छ । यस संस्थाले २०७९ मंसिरसम्म १२ अर्ब ४५ करोड निक्षेप संकलन तथा ११ अर्ब ७४ करोड कर्जा लगानी रहेको विज्ञप्तिमा उल्लेख छ । मञ्जुश्री फाइनान्स लिमिटेड केन्द्रीय कार्यालय, नयाँ…
Read More
प्राधिकरणले बेच्यो ११ अर्ब १६ करोडको विजुली

प्राधिकरणले बेच्यो ११ अर्ब १६ करोडको विजुली

नेपाल विद्युत् प्राधिकरणले एक अर्ब ३५ करोड ७७ लाख ५७ हजार युनिट बिजुली भारत निर्यात गरेको छ । प्राधिकरणले गत जेठ १९ देखि यही पुस ३ सम्म बिजुली निर्यात गरी रु ११ अर्ब १६ करोड ३० लाख आम्दानी गरेको छ । प्राधिकरणले देशभित्र खपत गरी बढी भएको बिजुली भारतलाई बिक्री गरेको हो । प्राधिकरणले इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु)मा हुने भएकाले यस अवधिमा विद्युत् बिक्रीबाट छ अर्ब ९७ करोड ६९ लाख भारु नेपाल भित्रिएको छ ।यसबाट मुलुकको वैदेशिक मुद्राको सञ्चिति बढाउनमा पनि योगदान पुगेको छ ।…
Read More
सांसदहरूको शपथ आउँदो बिहिवार

सांसदहरूको शपथ आउँदो बिहिवार

प्रतिनिधिसभामा निर्वाचित सांसदहरूको शपथ बिहिवार १ बजे हुने भएको छ । गत मंसिर ४को निर्वाचनबाट निर्वाचित भएर आएका प्रतिनिधिसभाका दुईसय ७५ सांसदको शपथको तयारी गरिरहेको संघीय संसद् सचिवालयले पुस ७ गते बिहिवार शपथ गर्ने तयारी गरिरहेको हो । नयाँ सांसदहरूको शपथका लागि सचिवालयले तयारी अन्तिम चरणमा पु¥याएको बताइएको छ । ज्येष्ठ सदस्यलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराएपछि अरु सांसदहरूलाई ती ज्येष्ठ सदस्यले शपथ गराउने प्रावधान छ । सचिवालयले शपथका लागि जेष्ठ सदस्यको विवरण निर्वाचन आयोगसमक्ष माग गरेको थियो । राजनीतिक दलले निर्वाचन आयोगमा बुझाएको सोही विवरणअनुसार तीनजना सांसदको उमेर ८० वर्ष र एक सांसदको उमेर ८५ वर्ष पुगेको निर्वाचन…
Read More
फिफा विश्वकप ःउपाधि अर्जेन्टिनाको पोल्टामा

फिफा विश्वकप ःउपाधि अर्जेन्टिनाको पोल्टामा

फिफा विश्वकप–२०२२ को सनसनीपूर्ण फाइनल प्रतियोगितामा अर्जेन्टिना विजयी भएको छ । हिजो आइतबार राति कतारको लुसेल स्टेडियममा सम्पन्न खेलमा अर्जेन्टिनाले ट्राइबेकरमा ४–२ गोल गर्दै विजयी भएको हो । अर्जेन्टिनाको लियोनेल मेसीले खेलको २२ औं थप समयको एकसय सात मिनेटमा साथै डि मारियाले ३५ औं मिनेटमा गोल गरे । फ्रान्सका तर्फबाट एमबाप्पेले ७९, ८०, एकसय १७ मिनेटमा ह्याट्रिक गर्दै खेलमा बराबरी ल्याए । प्रतियोगितामा उपाधिको दाबेदार मानिएको अर्जेन्टिनाले शानका साथ तेस्रोपटक विश्वकपको उपाधि जित्न सफल भएको हो । खेल अवधिभर आठ गोल गर्दै फ्रान्सका एमबाप्पेले गोल्डेन बुट जित्न सफल भए । फ्रान्सले सन् १९९८ र २०१८ को फाइनल जितेको थियो भने…
Read More
सरकारको आम्दानी भन्दा खर्च बढी, भयो ७८ अर्ब घाटा

सरकारको आम्दानी भन्दा खर्च बढी, भयो ७८ अर्ब घाटा

चालु आर्थिक वर्ष (आव) २०७९÷८० को प्रारम्भबाटै सरकारको हिसाब किताब चापमा छ । यो श्रृङ्खलामा चालु आवको पाँचौं महिनासम्म पुग्दा समेत जारी छ । मंसिर मसान्तसम्म सरकारले तीन खर्ब ५७ अर्ब ८२ करोड रुपैयाँ राजस्व संकलन र अन्य आम्दानी गर्दा चार खर्ब ३५ अर्ब २१ करोड रुपैयाँ खर्च गरेको छ । सरकारको सोहि हिसाब–किताव अनुसार आम्दानी भन्दा खर्च बढि देखिएको छ । जसमा ८९ अर्ब रुपैयाँ घाटा भइरहेको छ । यहि घाटा दोहोरिदै जाने हो भने सरकारलाई आगामी दिनमास्रोत जुटाउन हम्मेहम्मे पर्ने देखिएको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार मंसिर मसान्तसम्म सरकारले लक्ष्यको २३.३ प्रतिशत मात्र राजस्व संकलन गर्न सकेको…
Read More
चितवन लगायत देशभर चिसो बढ्यो, जनजीवन कष्टकर

चितवन लगायत देशभर चिसो बढ्यो, जनजीवन कष्टकर

चितवन लगायत देशभर चिसो बढेको छ । चिसो बढेसँगै जनजीवन कष्टकर बन्दै गएको छ । तराईका जिल्लामा बाक्लो हुस्सु लाग्न थालेको छ । जाडोको मुख्य महिना पुस आजदेखि सुरु भएको छ । हिजो बिहीबार चितवनको तापक्रम १३ डिग्रीमा झरेको थियो । स्वास्थ्य मन्त्रालयले मुलुकभर चिसो बढ्दै गएकोले सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । केही दिनदेखि चिसो बढ्दै गएपछि ज्येष्ठ नागरिक, दीर्घरोगी, बालबालिका र गर्भवती महिला विशेष सावधान अपनाउन मन्त्रालयले आग्रह गरेका हो । जाडो महिनामा केही रोगको प्रकोप बढ्ने भएकोले सर्तकता अपनाउनुपर्ने मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले बताउनुभयो । चिसोबाट बच्न न्यायो लुगा लगाउन, टाउको र छातीलाई चिसोबाट जोगाउन…
Read More
कोरियाले एक वर्षभित्रै ४० हजार कामदार लैजाने

कोरियाले एक वर्षभित्रै ४० हजार कामदार लैजाने

दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत आउँदो एक वर्षभित्रै ४० हजार नेपाली कामदार लैजाने भएको छ । अबको एकैवर्षभित्र निर्माण, उत्पादन र कृषि क्षेत्रमा गरी ४० हजार नेपाली लैजाने भएको हो । यसअघि ईपीएसअन्तर्गत यति धेरै नेपाली एकै वर्षमा कोरियाले भर्ना गरेको थिएन । कोरियाले सबैभन्दा बढी गत वर्ष नौ हजार कामदार लैजाने कोटा छुट्याएको थियो । ईपीएस प्रणालीअन्तर्गत हालसम्म कोरियामा ७५ हजार नेपाली कामदार पुगिसकेका छन । जसमा पाँचहजार महिला छन् । कोरिया गएकामध्ये तीनहजार नेपाली गैरकानुनी हैसियतमा बसिरहेको बताइएको छ । कोरीयाका श्रम तथा रोजगार उपमन्त्री पार्क जोङपिल कोरियाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को १७ औं…
Read More
करिब ५० लाख मात्रा कोरोना विरुद्धको खोप मौज्दात

करिब ५० लाख मात्रा कोरोना विरुद्धको खोप मौज्दात

कोरोना भाइरस विरुद्धको खोप करिब ५० लाख मात्रा मौज्दात रहेको छ । कोरोना भाइरसको सङ्क्रमण घट्दै गएपछि खोपको माग पनि कम भएकाले मौज्दात रहन गएको हो । हाल ४९ लाख २१ हजार छ सय ३२ मात्रा खोप मौज्दात रहेको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा सुरेन्द्र चौरसियाले जानकारी दिनुभयो । अहिले सङ्क्रमण घटिरहेकोले माग नहुँदा खोपको मौज्दात रहेको बताइएको छ । जसमा सबैभन्दा बढी भेरोसेल खोप मौज्दात छ । भेरोसेल ४३ लाख ६६ हजार एक सय ६६ मात्रा मौज्दात छ भने फाइजर ६० हजार सात सय ५६, र फाइजर (बालबालिका)लाई लगाउने चार लाख ९४ हजार सात सय १०…
Read More
यस्तो छ प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम

यस्तो छ प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम

निर्वाचन भएको करिब तीन सातापछि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगले आज वुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतिनिधिसभा र प्रदेशसभा अन्तर्गतको प्रत्यक्ष र समानुपातिक निर्वाचनतर्फको परिणाम सार्वजनिक गरेको हो । भोली बिहीबार राष्ट्रपतिलाई प्रतिवदेन बुझाउने र अब आउँदो पुस २ गते आयोग पदाधिकारीले सातै प्रदेशमा प्रदेश प्रमुखलाई प्रतिवेदन बुझाउने प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपिलयाले जानकारी दिनुभयो । उक्त प्र्रतिवेदन राष्ट्रपति र प्रदेश प्रमुखसमक्ष बुझाएपछि राजपत्रमा प्रकाशित हुनेछ । आयोगले तयार गरेको निर्वाचन परिणाम प्रतिवेदन अनुसार प्रतिनिधि सभातर्फ दुई सय ७५ र प्रदेश सभातर्फ पाँचसय ५० जना गरी कूल आठसय २५ जना निर्वाचित भएका…
Read More
यस्तो छ यसवर्षको हिउँदमा हुने अधिकतम् तापक्रम्

यस्तो छ यसवर्षको हिउँदमा हुने अधिकतम् तापक्रम्

यस वर्षको हिउँदमा देशभर अधिकतम् तापक्रम् सरदर भन्दा बढी हुने र देशका अधिकांश स्थानमा सरदर भन्दा कम वर्षा हुने सम्भावना छ । सामान्यतया सरदर वर्षा÷सरदर तापक्रम भन्नाले कुनै पनि स्थानको लामो समय (१९९१ देखि २०२०) को ३३.३ देखि ६६.६ प्रतिशतको वर्षा÷तापक्रमलाई जनाउँदछ । यसैगरी सरदर भन्दा कम वर्षा÷तापक्रम भन्नाले क्रमशः ३३.३ प्रतिशत भन्दा कम र बढी भन्नाले ६६.६ प्रतिशत भन्दा बढीको वर्षा÷तापक्रमलाई जनाउँदछ । सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेशको रुकुम–पश्चिम, रोल्पा, प्यूठान बाहेकका जिल्ला, गण्डकी प्रदेशका लमजुङ, स्याङ्जा, तनहुँ, गोरखालगायतका मध्य तथा पूर्वी जिल्ला, वाग्मती प्रदेशको दोलखा र प्रदेश नं १ का ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु लगायतका उत्तरी जिल्लामा न्यूनतम् तापक्रम सरदर…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.