मञ्जुश्री फाइनान्सले ल्यायो अनलाइनबाटै खाता खोल्ने व्यवस्था

मञ्जुश्री फाइनान्सले अनलाइनबाटै खाता खोल्ने व्यवस्था गरेको छ ।
फाइनान्सले अब अनलाइन सेवा मार्फत् ‘मञ्जुश्री प्रिमियम बचत खाता’ खाता खोल्ने सुविधा उपलव्ध गराएकोे हो ।

उक्त फाइनान्सले प्रेषित गरेको विज्ञप्तिमा एक वर्ष वा सो भन्दा बढी अवधिको ब्यक्तिगत मुद्दति निक्षेपमा दुर्घटना तथा स्वास्थ्य बिमा समेत समावेश गरिएको जनाएको छ । फाइनान्सले स्मार्ट टेलरद्वारा भुक्तानीको सेवा, क्युआरकोड भुक्तानीको सेवा, मोबाइल बैंकिङ, एटीएम कार्ड, अन्य आधुनिक बैंकिङ सुविधा उपलव्ध गराउदै आएको जनाएको छ ।
यस संस्थाले २०७९ मंसिरसम्म १२ अर्ब ४५ करोड निक्षेप संकलन तथा ११ अर्ब ७४ करोड कर्जा लगानी रहेको विज्ञप्तिमा उल्लेख छ । मञ्जुश्री फाइनान्स लिमिटेड केन्द्रीय कार्यालय, नयाँ बानेश्वर काठमाडौंमा रही न्युरोड, चाबहिल, गंगबु, कलंकी, कुमारीपाटी, नारायणगढ, पर्साबजार, भरतपुर, टाँडी, गैँडाकोट, बुटवल, मुर्गिया, योगीकुटी, मनिग्राम, भैरहवा, धनगढी, इटहरी, विराटचोक, झुम्का, इनरुवा, बिराटनगर, नेपालगञ्ज, धरान, पोखरा, बीरगञ्जलगायतका शाखाबाट कारोबार गरिरहेको राष्ट्रियस्तरको वित्तीय संस्था हो । उच्चतम ब्याज दरमा निक्षेप तथा सुलभ दरमा कर्जा प्रवाहलगायत आफ्ना ग्राहकलाई रेमिटान्स लगायतका अन्य बैंकिङ सुविधा उपलव्ध गराउँदै आएको छ ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.