ग्रीनल्याण्डका विद्यार्थीले गरे सडकबाट पुनस्र्थापित बालकहरुलाई सहयोग हस्तान्तरण

चितवन स्थित ग्रीनल्याण्ड पब्लिक स्कुलको कम्युनिटी क्लब तथा इको क्लबका सदस्य विद्यार्थीहरुले सडकबाट पुनस्र्थापित बालकहरुका लागि सहयोग हस्तान्तरण गरेका छन् ।
विद्यार्थीहरुले नै स्वःस्फुर्तरुपमा आर्थिक संकलन गरि भरतपुर–५, आनन्दपुर स्थित बालबालिकाहरुका लागि प्रहरी नागरिक अभियान, नेपाल (P2C2) मा रहेका ३१ जना बालकहरुका लागि रु. बीस हजार बराबरको स्कुलको जुत्ता अनि मोजा प्रदान गरिएको हो ।
कम्युनिटी क्लबका अध्यक्ष सुमन सुवेदी र इको क्लबका अध्यक्ष सुप्रिम पौडेलको अगुवाईमा भएको सो सहयोग हस्तान्तरण कार्यक्रममा बिद्यालयकी प्राचार्य इन्दिरा कार्की, सह–प्राचार्य उपेन्द्र आचार्य, शिक्षक कृष्ण कार्की, संस्थाका सदस्य बिष्णुहरि पौडेल, कार्यक्रम संयोजक मनोज खडका लगायतको उपस्थिति रहेको थियो ।
संस्थाका अध्यक्ष बेलबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न सो कार्यक्रम ग्रीनल्याण्ड पब्लिक स्कुल कि विद्यार्थी कृतिका प्रसाईंले सञ्चालन गर्नुभएको थियो ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.