सिमलतालमा माइक्रो अनियन्त्रित भई पल्टिदा छ यात्रु घाइते

नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर–२९ सिमलतालमा माइक्रो अनियन्त्रित भएर पल्टिदा माइक्रो चालकसहित ६ यात्रु घाइते भएका छन् । आज बिहान करिब ६ः५० बजेको समयमा नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बा २ ख २८२९ नम्बरको माइक्रो आफै अनियन्त्रित भएर पल्टिएको हो ।

माइक्रोमा सवार १७ जना मध्ये छ जना घाइते भएका हुन् । घाइते हुनेहरुमा माइक्रो चालक रत्ननगर–१४ का ४१ वर्षीय भिम श्रेष्ठ, माडी–१ का ३१ वर्षीय सोविन्द्र महतो, भरतपुर–२ की ७९ वर्षीय सिता कुमारी सुनार, भरतपुर–१६ का २९ वर्षीय रोसन भुजेल, भरतपुर–२९ की ३१ वर्षीय पुजा श्रेष्ठ र भरतपुर–११ की ४१ वर्षीय तिरु सुनार रहेका छन् । घाइतेहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिनुभयो ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.