चितवन सेरोफेरो

सौराहामा कार्यकुशलता तथा सिकाई ब्यवस्थापन तथा कार्यसाला सम्पन्न

सौराहामा कार्यकुशलता तथा सिकाई ब्यवस्थापन तथा कार्यसाला सम्पन्न

सौराहामा बछौली नारी चेतना साकोसको आयोजनामा चौंथो कार्यकुशलता तथा सिकाई ब्यवस्थापन तथा कार्यसाला सम्पन्न भएको छ। बछौली नारी चेतना बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा आज सौराहामा नारायणी छैठौं समुहको कार्यकुशलता तथा सिकाई ब्यवस्थापन कार्यसाला सम्पन्न भएको हो। संस्थाका अध्यक्ष भागिरथी कुमारी घिमिरेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेफस्कुनका लेखा संयोजक नवराज सापकोटा प्रमुख अतिथी रहेका थिए। प्रोवेशन कार्यक्रममा आबद्द चितवन जिल्लाका १० वटा सहकारी संस्थाले पर्ल्स सुचाकंको आधारमा संस्थाको प्रस्तुतीकरण गरेका थिए । सहकारीकर्मी ब्यक्तित्वहरुको सहभागीता रहेको उक्त कार्यक्रममा सहकारीलाई कसरी ब्यवस्थित र पारदर्शी ढङ्गले संचालन गर्नसकिन्छ भन्ने विषयमा कार्यक्रम केन्द्रित रहेको थियो। प्रत्येक ३ महिनामा संस्थाको बारेमा प्रस्तुतीकरण गर्ने…
Read More
कांग्रेस  भरतपुर महानगरको कार्यसमिति मातहतको बिभाग गठन, भात्रृ संघसंस्था समन्वय विभागमा पराजुली

कांग्रेस भरतपुर महानगरको कार्यसमिति मातहतको बिभाग गठन, भात्रृ संघसंस्था समन्वय विभागमा पराजुली

नेपाली कांग्रेस भरतपुर महानगरपालिकाको कार्यसमिति मातहतको बिभाग गठन गरिएको छ । नेपालि कांग्रेसको विधान २०१७ संसोधन सहित र नेपाली कांग्रेसको नियमावली २०७६ बमोजिम नेपाली काँग्रेस भरतपुर महानगरपालिकाको आज बसेको कार्यसमितिको वैठकले विभिन्न विभाग गठन गरि विभागीय संयोजकहरु मनोनयन गरेको हो । मनोनित हुनेहरुमा संगठन बिभाग संयोजकमा नम्रता कंडेल आचार्य, प्रसिक्षण बिभाग संयोजकमा तेजेन्द्र पौडेल, स्वास्थ्य बिभाग संयोजकमा उदयकृष्ण अधिकारी, शिक्षा बिभाग संयोजकमा गोबिन्द अधिकारी, महिला बिभाग संयोजकमा कल्पना पौडेल खड्का, खेलकुद बिभाग संयोजकमा दिवस ढकाल, भात्रृ संघसंस्था समन्वय विभाग संयोजकमा सुमित पराजुली, आर्थिक बिभाग संयोजकमा शान्ता गुरुङ, सुचना तथा संचार विभाग संयोजकमा विश्वनिधि अर्याल र मेलमिलाप तथा कानुन विभाग संयोजकमा…
Read More
प्रजातान्त्रिक विचार समाजद्धारा रत्ननगर बकुलहर अस्पताल परिसरमा वृक्षरोपण

प्रजातान्त्रिक विचार समाजद्धारा रत्ननगर बकुलहर अस्पताल परिसरमा वृक्षरोपण

रत्ननगर । ४१औं विपि स्मृति दिवसको अबसरमा प्रजातान्त्रिक विचार समाज चितवनले वृक्षरोपण कार्यक्रम गरेको छ । बकुलहर रत्ननगर अस्पताल परिसरमा कपुरको बिरुवा वृक्षरोपण गरिएको विचार समाज चितवनका अध्यक्ष सुरेशचन्द्र आचार्यले जानकारी दिए । नेपाली कांग्रेस चितवन सभापति राजेश्वर खनालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पार्टीका निवर्तमान सभापति जीत नारायण श्रेष्ठ, प्रजातात्रिक विचार समाज केन्द्रीय बरिष्ठ उपाध्यक्ष डा.ईश्वरी लौडारी, जिल्लाका विभिन्न लोकतान्त्रिक संगठनका प्रमुख तथा पदाधिकारीहरु, प्राध्यापक, चिकित्सक, वकिल, लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सभापति राजेश्वर खनालले विपीको आदर्श र परिकल्पनालाई आत्मसात गरी पार्टी लाई परिस्कृत ढंगबाट अगाडि बढाउन प्रतिबद्ध रहेको बताए । कार्यक्रममा अध्यक्ष सुरेशचन्द्र आचार्यले प्रजातात्रिक विचार समाज नेपाली…
Read More
रत्ननगर खानेपानीका ५१७ जना उपभोक्ताको मुटुको उपचार

रत्ननगर खानेपानीका ५१७ जना उपभोक्ताको मुटुको उपचार

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा शनिबार आयोजना गरिएको मुटु परीक्षण शिविरका ५१७ जनाको मुटु परीक्षण तथा उपचार गरिएको हो । रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था र रोटरी क्लव अफ रत्ननगरको सयुक्त आयोजनामा नेपाल मावि परिसरमा मुटु सम्बन्धी शिविर गरिएको हो । शिविरमा ५१७ जना मुटुरोगीको परीक्षण गरी निःशुल्क औषधि वितरण गरिएको रत्ननगर खानेपानीकी कोषाध्यक्ष सरस्वती लामाले जानकारी दिइन् । शिविरमा ३१८ जनाको इको, ४३५ जनाको इसिजी, सुगर तथा प्रेसर चेक गरिएको उनले जानकारी दिइन् । शिविर भरतपुर अस्पताल र बकुलहर रत्ननगर अस्पतालका विशेषज्ञ डाक्टर तथा मेडिकल अफिसरहरुले विरामीले स्वास्थ्य जाँच गरेका थिए । शिविरको एक औपचारिक कार्यक्रम कार्यक्रमका बीच…
Read More
अस्पतालमा पार्किङ निशुल्क गर्न मन्त्री जोशीको निर्देशन

अस्पतालमा पार्किङ निशुल्क गर्न मन्त्री जोशीको निर्देशन

बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले चितवनका चार ठूला अस्पताललाई सवारी पार्किङ निःशुल्क गर्न निर्देशन दिएका छन् । अस्पतालले पार्किङ शुल्क लिने गरेको गुनासो आएपछि मन्त्री जोशीले अस्पतालका जिम्मेवार व्यक्तिलाई टेलिफोन गरी निर्देशन दिएका हुन् । मन्त्री जोशीले भरतपुर अस्पताल, चितवन मेडिकल कलेज शिक्षण अस्पताल, कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सवारी पार्किङ निःशुल्क गर्न यस्तो निर्देशन दिएका हुन् ।मन्त्री जोशीले भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेल, चितवन मेडिकल कलेजकाका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटा, कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालका प्रशासकीय अधिकृत हिमनाथ घिमिरे र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका अध्यक्ष डा.…
Read More
नगरवासीलाई स्वरोजगार बनाउन लागिपरेका छौँ : नगरप्रमुख सापकोटा

नगरवासीलाई स्वरोजगार बनाउन लागिपरेका छौँ : नगरप्रमुख सापकोटा

रत्ननगर । रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रलाद सापकोटाले नगरवासी युवालाई स्वरोजगार बनाउन र रोजगारीको अवसर सिर्जना गर्न रत्ननगर नगरपालिका लागिपरेको बताएका छन् । रत्ननगर—१ निपनीस्थित होटल स्टारमा आयोजित ‘वृत्ति मार्ग–निर्देशन तथा रोजगार मेला’कोे उद्घाटन गर्दै उनले आफ्नो क्षमता पहिचान गरी उद्यमी बन्न चाहने युवालाई आवश्यक तालिमको व्यवस्था गर्ने र रोजगारदाताहरुसँग समन्वयगरी रोजगारीको अवसर दिलाउन मेला आयोजना गरिएको जानकारी दिए । सीप र क्षमता भएका व्यक्ति कोही पनि बेरोजगार बन्नु नपर्ने बताउँदै उनले भने, ‘स्वदेशमै उद्यमी बन्न होस् वा वैदेशिक रोजगारीमै जानका लागि पनि आवश्यक तालिम लिनुपर्छ । हामीले इन्स्योर परियोजनाअन्र्तगत हेल्भेटास नेपालको प्राविधिक सहयोगमा तालिम दिन प्रतिबद्ध छौँ ।’ कार्यक्रममा नगर…
Read More
कालिकामा अपाङ्गता भएका ब्यक्तिलाई सहयोग

कालिकामा अपाङ्गता भएका ब्यक्तिलाई सहयोग

१५ असार । अपाङ्गता भएका व्यक्तिहरुका लागि समुदायमा आधारित पुर्नस्थापना (सि.वि.आर) सहयोग कार्यक्रम अन्तर्गत कालिका नगरपालिकाले १३ जनालाई विभिन्न सहायता सामग्री वितरण गरेको छ । कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले सम्बन्धित व्यक्तिहरुलाई २ लाख ४८ हजार १ सय ५० मूल्य बराबरको सामग्री वितरण गर्नुभएको हो । गुणस्तरियता मापन तथा सामग्री निरीक्षणगरी सम्बन्धित अपाङ्गता भएकाव्यक्तिहरुलाई सहायता सामग्री वितरण गरिएको नगर प्रमुख रेग्मीले जानकारी दिनुभयो । अपाङ्गता भएका तीनजनालाई सर्जिकल फोल्डिड्ड भएको हिवलचियर, एकजनालाई बच्चाको लागि स्पेशलचियर, एकजनाका लागि ट्राईसाईकल वितरण गरिएको छ । यस्तै आवाज कम सुन्ने तीनजनालाई श्रवण यन्त्र र एकजनालाई बैशाखी वितरण गरिएको कालिका नगरपालिकाको महिला बालबालिका तथा जेष्ठनागरिक…
Read More
सौराहा जेसिसको सयोजकत्वमा बृक्षारोपण कार्य सम्पन्न

सौराहा जेसिसको सयोजकत्वमा बृक्षारोपण कार्य सम्पन्न

विश्व वातावरण दिवसको अवसर पारेर खैरहनी १३ मा वृक्षारोपण कार्य गरिएको छ। सौराहा जेसिसको आयोजनामा खैरहनी १३ सिम्रेनीमा रहेको सान्तीवाटिकामा वृक्षारोपण गरिएको हो। खैरहनी नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष कुल प्रसाद भुसालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा सदस्य मनमाया तामाङ स्थानीय समाजसेवीहरु ध्रुव कुमार बस्नेत, सानोकाजी कुवर, राजु पन्त, सौराहा जेसिजका कानुनी सल्लाहकार रन्जन भण्डारी लगाएत करिव ५० जना भन्दा बढी युवाहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै सौराहा जेसिसका अध्यक्ष एवम उक्त कार्यक्रमका सभापति सुरेस भुसालले सौराहा जेसिसले समाजका हरेक तप्का र युवाहरु सङ्ग हातेमालो गर्दै वन र वातावरणको सरक्षणमा आफुहरु लागिपर्ने बताए।
Read More
रत्ननगरका महिला स्वयंसेविकालाई आयुर्वेद सम्बन्धी प्रशिक्षण

रत्ननगरका महिला स्वयंसेविकालाई आयुर्वेद सम्बन्धी प्रशिक्षण

रत्ननगर, बैशाख २९ । पूर्वी चितवनको खैरहनी नगरपालिकाका महिला स्वास्थ्य स्वयंसेविकालाई आयुर्वेद चिकित्सा पद्दती सम्बन्धी प्रशिक्षण दिइएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगरले आयोजना गरेको सो कार्यक्रमको प्रमुख अतिथि रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत छविलाल सुवेदी रहेका थिए । प्रमुख अतिथि सुवेदीले खानपान र मानिसको जीवनशैलिका कारण स्वास्थ्यमा विभिन्न खालका समस्याहरु देखा पर्ने गरेको बताए । आयुर्वेद औषधि प्रति जनमानसमा अझै बुझाउन आवश्यक रहेको उनले बताए । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगरका निर्देशक डा. सुरेश महर्जनले आयुर्वेद उपचार पद्धति मात्रै नभई जीउने कला समेत रहेको बताए । नसर्ने रोगको फैलावटलाई नियन्त्रण गर्न आयुर्वेदले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई छ…
Read More
कालिकाका महिला स्वयंसेविकालाई आयुर्वेद सम्बन्धी प्रशिक्षण

कालिकाका महिला स्वयंसेविकालाई आयुर्वेद सम्बन्धी प्रशिक्षण

रत्ननगर । पूर्वी चितवनको कालिका नगरपालिकाका महिला स्वास्थ्य स्वयंसेविकालाई आयुर्वेद चिकित्सा पद्दतीको बारेमा मंगलवार प्रशिक्षण दिइएकोे छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगरले आयोजना गरेको सो कार्यक्रम मेयर विनोद रेग्मीले उद्घाटन गरेका थिए । सो अबसरमा उनले पछिल्लो समय आयुर्वेद चिकित्सा पद्दती विश्वासनीय बन्दै गइरहेको भन्दै उपचारमा उपकरणको प्रयोग आवश्यक रहेको बताए । कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रकी प्रमुख डा.कोपिला अधिकारी, आयुर्वेद चिकित्सकहरु डा.देवेन्द्र यादब, डा.खेमराज तिमिल्सिनाले आयुर्वेद उपचार पद्दती र महत्वको बारेमा प्रशिक्षण दिएका थिए । सो अबसरमा केन्द्र प्रमुख अधिकारीले महिला स्वास्थ्य स्वमंसेविका मार्फत आयुर्वेद चिकित्सा पद्दतीलाई विस्तार गर्ने उद्देश्य रहेको बताइन् । कार्यक्रममा नगर भित्रका ३७ जना…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.