कांग्रेस भरतपुर महानगरको कार्यसमिति मातहतको बिभाग गठन, भात्रृ संघसंस्था समन्वय विभागमा पराजुली

नेपाली कांग्रेस भरतपुर महानगरपालिकाको कार्यसमिति मातहतको बिभाग गठन गरिएको छ ।

नेपालि कांग्रेसको विधान २०१७ संसोधन सहित र नेपाली कांग्रेसको नियमावली २०७६ बमोजिम नेपाली काँग्रेस भरतपुर महानगरपालिकाको आज बसेको कार्यसमितिको वैठकले विभिन्न विभाग गठन गरि विभागीय संयोजकहरु मनोनयन गरेको हो ।

मनोनित हुनेहरुमा संगठन बिभाग संयोजकमा नम्रता कंडेल आचार्य, प्रसिक्षण बिभाग संयोजकमा तेजेन्द्र पौडेल, स्वास्थ्य बिभाग संयोजकमा उदयकृष्ण अधिकारी, शिक्षा बिभाग संयोजकमा गोबिन्द अधिकारी, महिला बिभाग संयोजकमा कल्पना पौडेल खड्का, खेलकुद बिभाग संयोजकमा दिवस ढकाल, भात्रृ संघसंस्था समन्वय विभाग संयोजकमा सुमित पराजुली, आर्थिक बिभाग संयोजकमा शान्ता गुरुङ, सुचना तथा संचार विभाग संयोजकमा विश्वनिधि अर्याल र मेलमिलाप तथा कानुन विभाग संयोजकमा तिर्थराज पोखरेल रहेका नेपाली कांग्रेस भरतपुर महानगर सभापति चित्रसेन अधिकारीले बताएका छन् ।

By सञ्जय दवाडी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.