सौराहा जेसिसको सयोजकत्वमा बृक्षारोपण कार्य सम्पन्न

विश्व वातावरण दिवसको अवसर पारेर खैरहनी १३ मा वृक्षारोपण कार्य गरिएको छ। सौराहा जेसिसको आयोजनामा खैरहनी १३ सिम्रेनीमा रहेको सान्तीवाटिकामा वृक्षारोपण गरिएको हो।

खैरहनी नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष कुल प्रसाद भुसालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा सदस्य मनमाया तामाङ स्थानीय समाजसेवीहरु ध्रुव कुमार बस्नेत, सानोकाजी कुवर, राजु पन्त, सौराहा जेसिजका कानुनी सल्लाहकार रन्जन भण्डारी लगाएत करिव ५० जना भन्दा बढी युवाहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै सौराहा जेसिसका अध्यक्ष एवम उक्त कार्यक्रमका सभापति सुरेस भुसालले सौराहा जेसिसले समाजका हरेक तप्का र युवाहरु सङ्ग हातेमालो गर्दै वन र वातावरणको सरक्षणमा आफुहरु लागिपर्ने बताए।

By सञ्जय दवाडी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.