बढ्दो चेक बाउन्स मुद्दा ः अनुसन्धानका लागि प्रहरील खोल्यो नयाँ शाखा
जिल्ला प्रहरी कार्यालय चितवनमा नयाँ शाखा स्थापना गरिएको छ । चेक बाउन्ससम्बन्धी आर्थिक अपराध बढेपछि चितवन प्रहरीले बैंकिङ कसुर अपराध अनुसन्धान शाखा बनाएर काम थालेको छ । चेक काटेर दिने व्यक्तिले लेखिएअनुसारको नगद बैंक खातामा भुक्तानीयोग्य रकम नभएमा चेक बाउन्स हुन्छ । भुक्तानीका निम्ति दिएको चेक बैंकबाट भुक्तान हुन नसकी फिर्ता हुनु भनेको ‘चेक बाउन्स’ हुनु हो । प्रायले यस्तो चेक नियतवश दिँदा अपराधको भागेदारी बन्नु परेको छ । समझदारीमा भएको लेनदेनमा विवाद उत्पन्न हुँदा वास्तविक पीडितहरुले अहिले प्रहरीमा उजुरी दिन थालेका छन् । घरजग्गा कारोबार, वैदेशिक रोजगारी, व्यापार व्यवसाय, सामान खरिद–बिक्री तथा लेनदेनसँग जोडिएका घटनामा चेक बाउन्समार्फत ठगी भइरहेको…