कांग्रेसले टुंगो लगायो राष्ट्रियसभा उम्मेदवार, को को परे ?
काठमाडौं, पुस १९ । राष्ट्रियसभा निर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवारहरूको नाम टुंगो लगाएको छ । पार्टी कार्यालय सानेपामा बसेको पदाधिकारीको बैठकले ६ जना उम्मेदवार टुंगो लगाएको हो । आजै बिहान बसेको सत्तारुढ गठबन्धनले राष्ट्रियसभा निर्वाचनका लागि भागवण्डा मिलाएको थियो । आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि भोलि मंगलबार मनोनयन दर्ता हुँदैछ । जसमा कांग्रेसले गोपाल बस्नेत, कृष्णप्रसाद पौडेल, कमला पन्त, युवराज शर्मा, दुर्गा पन्त र नारायणदत्त मिश्रलाई उम्मेदवार बनाउने निर्णय गरेको डा.शेखर कोइरालाले जानकारी दिए । केन्द्रीय समिति बैठकअघि बसेको पदाधिकारी बैठकले यी नाममा सहमति जुटाएको थियो । उक्त नामहरू पदाधिकारी बैठकलगत्तै केन्द्रीय समिति बैठक बसेर अनुमोदन गरिएको…