प्रदेश

चितवनको कालिका– ३ मा सरसफाई अभियान सुरु

चितवनको कालिका– ३ मा सरसफाई अभियान सुरु

चितवनको कालिका नगरपालिका वडा नं ३ मा सरसफाई तथा चेतनामुलक अभियान सुरु भएको छ । वडालाई सरसफाईमा नमुना वडा बनाउने उद्देश्यले टोल विकास संस्था परिचालन गरी सरसफाई अभियान सुरु गरिएको हो । आज विहीबार सो नगरपालिकाका मेयर विनोद रेग्मीले वडा कार्यालयमा आयोजित एक औपचारिक कार्यक्रमका बीच अभियानको सुरुवात गर्नुभएको छ । सो अवसरमा उहाँले आगामी आर्थिक बर्ष २०८०–८१ बाट फोहोर व्यवस्थापनको काम सुरु गर्ने योजना अनुरुप प्रक्रिया सुरु भइसकेको बताउनुभयो । पदमपुर क्षेत्रमा रहेको सार्वजनिक जग्गामा डम्पिङ साइड राख्ने गरी प्रस्ताबना लेखनको काम भइरहेको भन्दै उहाँले घरबाट निस्कने कुहिने फोहोरलाई जैविक मलको रुपमा प्रयोग गर्ने र प्लाष्टिक र सिसाजन्य फोहोरको…
Read More
सविता भण्डारी मृत्यु प्रकरणः आत्महत्या दुरुत्साहन अभियोगमा मुछिएका ससुरा, श्रीमान्, र अमाजूले पाए सफाइ

सविता भण्डारी मृत्यु प्रकरणः आत्महत्या दुरुत्साहन अभियोगमा मुछिएका ससुरा, श्रीमान्, र अमाजूले पाए सफाइ

अभियोग दाबी नपुगेपछि सविता भण्डारी (धिताल) मृत्यु घटनाका तीन जना प्रतिवादीले सफाइ पाएका छन् । आत्महत्या दुरुत्साहन अभियोगमा मुछिएका मृतक भण्डारीका ससुरा, श्रीमान्, अमाजूले गत माघ ४ गते जिल्ला अदालत चितवनबाट सफाइ पाएका हुन् । मुद्दा दर्ता भएको एक वर्ष आठ महिनामा अदालतका न्यायाधीश मातृका आचार्यको इजलासले अभियोगबाट सबै आरोपितले सफाइ पाउने फैसला सुनाएको हो । विसं २०७८ वैशाख ४ गते दिउँसोको करिब ५ बजे सविता आफ्नै कोठाको झ्यालमा रहेको ग्रीलमा सलले पासो लगाएर झुन्डिएको अवस्थामा फेला पर्नुभएको थियो । मृत्यु हुनुभन्दा अघिल्लो दिन (वैशाख ३ गते) सविता र योगेन्द्रले सातौँ विवाह वर्षगाँठ मनाउनु भएको थियो । त्यसको भोलिपल्ट नै…
Read More
आज सिमसार दिवस, चितवनमा विविध कार्यक्रम गरि मनाइँदै

आज सिमसार दिवस, चितवनमा विविध कार्यक्रम गरि मनाइँदै

‘आजको आवश्यकता, सिमसारको पुनःस्थापना’ नाराका साथ आज बिहीबार विश्व सिमसार दिवस मनाइँदैछ । दिवसको अवसरमा चितवनम विभिन्न कार्यक्रम गरिँदै छ । चितवन राष्ट्रिय निकुञ्जले सिमसार दिवसको अवसरमा अन्तरक्रिया तथा घडियाल गोही नदीमा छाड्ने कार्यक्रम राखेको छ । नेपालका १० वटा क्षेत्र रामसार सूचीमा सूचीकृत छन् । नेपालको ६० हजार पाँचसय ६१ हेक्टर क्षेत्र रामसारमा पर्छ । पहिलो पटक सन् १९८७ डिसेम्बर १७ मा नेपालको कोसी टप्पु वन्यजन्तु आरक्षलाई रामसार सूचीमा सुचिकृत गरिएको थियो । कोशीटप्पुसहित बिसहजारी तथा आसपासका ताल, घोडाघोडी ताल क्षेत्र, जगदिशपुर जलाशय, रारा, फोक्सुण्डो, गोसाइँकुण्ड तथा आसपासका क्षेत्र रामसारमा सूचीकृत छन् । यस्तै गोक्यो तथा आसपासका ताल, माइ…
Read More
धनुषामा प्रहरी हिरासतबाट भागेका छ मध्ये तीन जना पक्राउ

धनुषामा प्रहरी हिरासतबाट भागेका छ मध्ये तीन जना पक्राउ

धनुषामा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट पर्खाल फोडेर भागेका छजना मध्ये तीनजना थुनुवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा मिथिला नगरपालिका–२ का २५ वर्षीय हरिदीप सिंह, क्षीरेशवरनाथ नगरपालिका–२ का २५ वर्षीय अमित मण्डल र मिथिला नगरपालिका– ६ का रोशनकुमार महतो रहेका छन् । अभद्र व्यवहार तथा शान्तिसुरक्षाविरुद्धको मुद्दाका हरिदीपलाई मङ्गलबार राति र अमितलाई मङ्गलबार दिउँसो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । त्यस्तै हातहतियार खरखजाना मुद्दाका रोशनलाई सोमबार साँझ नै प्रहरीले पक्राउ गरेको थियो । आइतबार राति इलाका प्रहरी कार्याललयको हिरासतको भित्ता फोडेर विभिन्न मुद्दाका छ जना फरार भएका थिए । बाँकी तीनजनाको खोजी जारी रहेको जिल्ला प्रहरीले जनाएको…
Read More
हेटौंडा उपमहानगरले करारका ७१ जना कर्मचारी हटायो

हेटौंडा उपमहानगरले करारका ७१ जना कर्मचारी हटायो

हेटौँडा उपमहानगरपालिकाले करारमा कार्यरत ७१ जना कर्मचारीलाई हटाएको छ । उपमहानगरले करार र ज्यालादारीमा कार्यरत कर्मचारीलाई हटाएको हो । उपमहानगरपालिकाको कार्यपालिका बैठकको निर्णय गरेर ७१ कर्मचारी एकै पटक हटाइएको हो । मेयर र उपमेयरको तोक आदेशमा जागिर खाएका ७१ जना कर्मचारीलाई हटाइएको उपमहानगरका प्रवक्ता सविन न्यौपानेले बताउनुभयो । उपमहानगरले परीक्षाको सामान्य प्रक्रिया पनि पूरा नगरिकन तोक आदेशका भरमा जागिर खाएका चौथो तह, पाँचौँ तह र छैटौँ तहसम्मका ७१ जना कर्मचारी हटाइएको उहाँको भनाई छ । उपमहानगरपालिकामा कार्यरत कम्प्युटर अप्रेटर, स्वास्थ्य, प्रशासन, प्राविधिक कर्मचारी हटाइएको हो । उपमहानगरपालिकामा लामो समयदेखि काम गर्ने कर्मचारीदेखि भर्खर नियुक्त भएका कर्मचारीसमेतलाई हटाइएको हो । साउनदेखि…
Read More
इच्छाकामना गाउँपालिकाले किसानका लागि कृषि एम्बुलेन्स खरिद गर्ने

इच्छाकामना गाउँपालिकाले किसानका लागि कृषि एम्बुलेन्स खरिद गर्ने

चितवनको इच्छाकामना गाउँपालिकाले पहाडी भुगोलमा रहेका किसानहरुले उत्पादन गरेका कृषिजन्य उत्पादनको सहज ढुवानीको लागि कृषि एम्बुलेन्स खरिद गर्ने भएको छ । विशेष गरेर गाउँपालिकाको वडा नं. १, २ र ७ को पहाडी भू–भागमा रहेका किसानहरुलाई लक्षित गरि उक्त एम्बुलेन्स खरिद गर्ने तयारीमा लागिएको हो । यसका लागि गाउँपालिकाले साझेदारीमा ४० लाख रुपैयाँको बजेट व्यवस्थापन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुषालले बताउनुभयो । गाउँपालिकाले उक्त बजेटबाट तीनवटा कृषि एम्बुलेन्स खरिद गर्ने उहाँको भनाई छ । स्थानीय कृषि समूह तथा सहकारीहरुसँग सहकार्य गरी ती एम्बुलेन्स सञ्चालन गरिनेछ । साथै कृषि एम्बुलेन्समा सहकारीको २५ प्रतिशत, गाउँपालिकाको २५ प्रतिशत र नेपाल सरकारको ५०…
Read More
सौराहामा साइलकलेन सहितको नमुना सडक निर्माण सुरु, मेयर सापकोटाद्धारा शिलान्यास

सौराहामा साइलकलेन सहितको नमुना सडक निर्माण सुरु, मेयर सापकोटाद्धारा शिलान्यास

चितवनको पर्यटकीय नगरी सौराहामा साइलकलेन सहितको नमुना सडक निर्माण कार्यको प्रारम्भ गरिएको छ । सौराहाको पर्यटन विकासका लागि १४ करोड १० लाखको लगानीमा सडक निर्माण सुरु गरिएको हो । रत्ननगरका मेयर प्रल्हाद सापकोटाको पहलमा केन्द्र सरकारको लगानीमा आर्कषक सडक निर्माण कार्य सुरु भएको हो । राष्ट्रिय योजना आयोगका निर्वतमान उपाध्यक्ष डा.विश्वनाथ पौडेलको सहजीकरणमा परेको सो सडक आज बुधबार मेयर सापकोटाले शिलान्यास गर्नुभएपछि निर्माणको काम सुरु भएको छ । सौराहाको राप्तीड्याक देखि पूर्व तर्फ हर्नहरी पुल सम्म करिब एक हजार पाँचसय मिटर नमुना सडक निर्माण हुने छ । १५ मिटर चौडाई रहने सडकमा कलोपत्रे पिचसंगै साइकललेन, फुटपाथ र ढल निर्माण हुनेछ…
Read More
भरतपुर महानगरले मेनरोडको खाल्डो नपुरेपछि स्थानीयद्धारा वृक्षारोपण गरेर विरोध

भरतपुर महानगरले मेनरोडको खाल्डो नपुरेपछि स्थानीयद्धारा वृक्षारोपण गरेर विरोध

भरतपुर महानगरपालिकाले नारायणगढस्थित मेनरोडको खाल्डो नपुरेपछि स्थानीयले खाल्डोमा वृक्षारोपण गरेर महानगरको विरोध गरेका छन् । सडकमा खाल्डो परेको एक वर्ष भइसक्दा पनि पुर्ने काम नभएको भन्दै स्थानीयले खाल्डोमा वृक्षरोपण गरेर महानगरको विरोध गरेका हुन् । खाल्डो पुर्न आफुहरुले पटक–पटक आग्रह गर्दा पनि बेवास्ता भएको स्थानीयको भनाई छ । सडकमा भएको खाल्डोका कारण दुर्घटनाको जोखिम बढेको भन्दै स्थानीयले सांकेतिक विरोध स्वरुप खाल्डोमा वृक्षारोपण गरेका हुन् । वडा कार्यालयले गिट्टी ल्याएर खाल्डो पुरेपनि सवारी साधन गुड्दा गिट्टी उछिट्टिएर पैदल यात्रु घाइते भएको स्थानीय उमेश कडेलले बताउनुभयो । पिच गर्ने काम सडक विभागको हुने भनेर वडाध्यक्ष पन्छिएको स्थानीयको गुनासो छ ।
Read More
चितवनमा आज १२ बजेदेखि पासपोर्टको लागि अनलाइन आवेदन दिन सकिने

चितवनमा आज १२ बजेदेखि पासपोर्टको लागि अनलाइन आवेदन दिन सकिने

जिल्ला प्रशासन कार्यालय चितवनले आज दिउँसो १२ बजेबाट पासपोर्टको लागि अनलाइन आवेदन दिन सकिने व्यवस्था गरेको छ । प्रशासनले एक सूचना जारी गर्दै आज (बुधबार) दिउँसो १२ बजेबाट दिनको एकसय २० जनालाई पासपोर्ट दिने गरी अनलाइन आवेदन खुला गरिन लागेको जनाएको हो । राहदानी विभागको सूचना अनुसार राहदानी सेवालाई सरल, सहज र झन्झटरहित बनाउन कार्यालयको क्षमता अनुसार एक महिनामा करिब तीन हजारको संख्यामा अनलाइन आवेदन खुल्ने व्यवस्था गर्न लागिएको सूचनामा उल्लेख गरिएको छ ।
Read More
गितानगरको एक पसलमा आगलागी, क्षतिको विवरण आउन बाँकी

गितानगरको एक पसलमा आगलागी, क्षतिको विवरण आउन बाँकी

भरतपुर महानगरपालिका–६ स्थित गितानगरको एक पसलमा आज बिहान आगलागी भएको छ । भरतपुर–१३ गंगानगर बस्ने कमला शर्माले सञ्चालन गरेको एन्जी बुटिक एण्ड कलेक्सनमा आज बिहान करिब ६ः१५ बजेको समयमा करेन्ट सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ । आगलागी भएको जानकारी प्राप्त हुने वित्तिकै इलाका प्रहरी कार्यालय गितानगरबाट खटिएको टोली र स्थानीयले दमकलको सहयोगमा ६ः३५ बजे आगो नियन्त्रणमा लिएको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिनुभयो । आगलागीबाट भएको क्षतिको विवरण भने आउन बाँकी रहेको जनाइएको छ ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.