सुदुरपश्चिम

बैतडीको झौलेकमा जीप दुर्घटना, छ जनाको गयो ज्यान

बैतडीको झौलेकमा जीप दुर्घटना, छ जनाको गयो ज्यान

बैतडीको झौलेकमा जीप दुर्घटना हुँदा छ जनाको ज्यान गएको छ । बैतडीको झुलाघाटबाट बझाङको बागथलाका लागि छुटेको से१ज ७६४ नम्बरको जीप गएराति साढे ११ बजे जयपृथ्वी राजमार्गअन्तर्गत पाटन नगरपालिका–८, झौलेक मोडमा दुर्घटना भएको हो । उक्त दुर्घटनामा बझाङका एकै गाउँका छ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । ज्यान गुमाउनेमा बझाङको केदारस्युँ गाउँपालिका–५, बाँझका ६० वर्षीय मने बोहरा, ४० वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४५ वर्षीय वीरे धामी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो । चालकसहित १२ जना सवार उक्त जीपमा…
Read More
कैलालीमा एसईई सकेर घर फर्किँदै गरेका विद्यार्थी बोकेको जीप दुर्घटना ः एक जनाको ज्यान गयो, तीन जना घाइते

कैलालीमा एसईई सकेर घर फर्किँदै गरेका विद्यार्थी बोकेको जीप दुर्घटना ः एक जनाको ज्यान गयो, तीन जना घाइते

कैलालीको चुरेपहाडी क्षेत्र फल्टुडे सडक खण्डमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् । सुदूरपश्चिम प्रदेश ०१–००१ ज १४२३ नम्बरको जीप दुर्घटना हुँदा चुरे गाउँपालिका–६ का १८ वर्षीय भानु ठगुन्नाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घाइते तीन जनाको अत्तरियामा रहेको पद्मा अस्पतालमा उपचार भइरहेको छ । अत्तरियामा रहेको दुर्गालक्ष्मी माध्यमिक विद्यालयमा एसईई दिएर घर फर्किँदै गरेका उनीहरु दुर्घटनामा परेका हुन् । ज्यान गुमाउने ठगुन्ना र घाइतेहरु चुरे गाउँपालिकाको मलकटेश्वर माविमा अध्ययनरत विद्यार्थी रहेको प्रहरीले जनाएको छ ।
Read More
कोरोनाकालदेखि बन्द तिङ्कर नाका खुलाउन प्रधानमन्त्रीलाई ज्ञापन पत्र

कोरोनाकालदेखि बन्द तिङ्कर नाका खुलाउन प्रधानमन्त्रीलाई ज्ञापन पत्र

दार्चुलाका जनप्रतिनिधिले कोरोनाकालदेखि बन्द तिङ्कर नाका खुलाउन माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आज ज्ञापन पत्र बुझाएका छन् । व्यास गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामी, उपाध्यक्ष विनोद कुँवर, मार्मा गाउँपालिकाका अध्यक्ष जमनसिंह धामी, अपिहिमाल गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकेरे, सुदूरपश्चिम प्रदेश सभाका पूर्व सदस्य गेल्बुसिंह बोहरा लगायतको प्रतिनिधि मण्डलले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो । तिङ्कर नाका सञ्चालनको मागका साथै तिङ्कर सडकमा थप बजेट विनियोजन गर्नुपर्ने र व्यास गाउँपालिकाको समग्र विकासका लागि सरकारले ध्यान दिनुपर्ने मागसहित ज्ञापन पत्र बुझाइएको व्यास गाउँपालिकाका उपाध्यक्ष विनोद कुँवरले जानकारी दिनुभयो । दार्चुलाको तिङ्कर नाका भएर सदियौँदेखि चीनको ताक्लाकोटसम्म परम्परागत व्यापार र आवागमन हुँदै आएकोमा सन् २०२०…
Read More
दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मुत्यु

दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मुत्यु

दार्चुलामा आज बिहान जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दार्चुलाको महाकाली नगरपालिका– ४ बाङ्गाबगर खानेपानी ट्याङ्की नजिक लास्कु खोलामा मधेस प्रदेश–०३ ००१ ज ०३४० नम्बरको जीप दुर्घटना हुँदा भारतको पिथौरागढ जिल्लाको धार्चुला सिमखोला बस्ने ६० वर्षीया कालीदेवी नेगीको उपचारको क्रममा जिल्ला अस्पताल दार्चुलामा ज्यान गएको प्रहरीले जनाएको छ । जीपमा भारतीय नागरिक रहेको र उनीहरु भारतीय नागरिक डुङरी मन्दिर दर्शन गर्ने आएका बुझिएको छ । उक्त जिप दुर्घटनामा चालकसहित छ जना घाइते भएका थिए । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल दार्चुला लगिएको थियो । उक्त अस्पतालबाट तीन जनालाई भने उपचारका लागि भारतको पिथौरागढ रेफर गरिएको दार्चुलाका प्रहरी…
Read More
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाउनुभएको छ । आज आइतवार बसेको प्रदेश सभाको बैठकमा नेकपा माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीले पनि मत दिएपछि शाहले विश्वासको मत पाउनुभएको हो । कांग्रेस संसदीय दलका नेतासमेत रहनुभएका शाहलाई माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, एकीकृत समाजवादी र एक जना स्वतन्त्र सांसदले विश्वासको मत दिएका छन् । सभामुखबाहेक ५२ सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री शाहले ४१ मत प्राप्त गर्नुभएको छ । उहाँलाई कांग्रेसका १९, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टीका सात, एकीकृत समाजवादीका चार र एक जना स्वतन्त्र सांसदले विश्वासको मत दिएका हुन् । विश्वासको मतको विपक्षमा एमालेका १० र राप्रपाका एक जना…
Read More
नागरिक उन्मुक्ति सुदूरपश्चिम सरकारमा सहभागी हुने

नागरिक उन्मुक्ति सुदूरपश्चिम सरकारमा सहभागी हुने

नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम सरकारमा जाने निर्णय गरेको छ । आज बसेको संसदीय दलको बैठकले सरकारलाई विश्वासको मत दिँदै सरकारमा सहभागी हुने निर्णय गरेको हो । यसअघि उन्मुक्तिले विश्वासको मत नदिँदा एमाले नेतृत्वको सरकार ढलेको थियो । मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने तयारी गर्नुभएको छ । ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा विश्वासको मत पाउन २७ सांसद आवश्यक पर्छ । शाहलाई विश्वासको मत दिन माओवादी केन्द्रले पनि निर्देशन दिइसकेको छ । सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसका १९, सभामुखसहित माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४ तथा राप्रपाका एक र स्वतन्त्र एक सांसद छन्…
Read More
राष्ट्रपति भण्डारीले माफी दिएपछि रिहा भए नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी

राष्ट्रपति भण्डारीले माफी दिएपछि रिहा भए नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी

नागरिक उन्मुक्ति पार्टीका अरुण कुमार चौधरी रिहा हुनुभएको छ । कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित चौधरी आज प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आम माफी दिएपछि कैलाली कारागारबाट रिहा हुनुभएको हो । १३ वर्षको पुरानो आगजनी मुद्दामा दोषी ठहर सांसद चौधरी गत माघ १९ गते बाँकेबाट पक्राउ पर्नु भएको थियो । उहाँ २० गते कारागार चलान हुनुभएको थियो । थरुहट आन्दोलनताका बन्दको अवज्ञा गरिएको भन्दै २०६६ साल भदौ ३ गते ट्र्याक्टर जलाएको घटनामा २०७० साल वैशाख ९ गते कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित तीन जना विरुद्ध जनही छ महिना कैद र आठ लाख १८ हजार…
Read More
नागरिक उन्मुक्तिका सांसद चौधरीको बाँकी सजाय मिनाहा गर्न राष्ट्रपतिसमक्ष सिफारिस

नागरिक उन्मुक्तिका सांसद चौधरीको बाँकी सजाय मिनाहा गर्न राष्ट्रपतिसमक्ष सिफारिस

सरकारले कैद सजाय भुक्तान गरिरहनुभएका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीलाई माफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । गृह मन्त्रालयको प्रस्तावपछि मन्त्रिपरिषद्ले सांसद चौधरीको बाँकी सजाय मिनाहाका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । गृहमन्त्रीसमेतको जिम्मेवारी सम्हाल्नुभएको प्रधानमन्त्री पुष्पकमल दाहालले नै चौधरीको सजाय मिनाहाका लागि पहल गर्नुभएको थियो । सोही प्रस्तावमा मन्त्रिपरिषद्को हिजो बिहीबारको बैठकले चौधरीको बाँकी सजाय मिनाहाको सिफारिस राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको हो । त्यसअघि गृह मन्त्रालयले चौधरीमाथि लागेको कसुरको अवस्थाबारे महान्यायाधिवक्ताको कार्यालयसँग राय मागेको थियो । चौधरी आगजनी मुद्दामा जिल्ला अदालत कैलालीबाट दोषी करार भई सजाय भुक्तानरत रहेको जानकारी पाएपछि गृहमन्त्रालयले चौधरीको बाँकी सजाय मिनाहाका लागि मन्त्रिपरिषद्मा सिफारिस…
Read More
संघीयता खारेजीको माग गर्दै राष्ट्रिय जनमोर्चाद्धारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र

संघीयता खारेजीको माग गर्दै राष्ट्रिय जनमोर्चाद्धारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र

राष्ट्रिय जनमोर्चा डोटीले संघीयता खारेजीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ । आज शुक्रबार डोटीका प्रमुख जिल्ला अधिकारीमार्फत बुझाइएको ज्ञापन पत्रमा कुनै पनि दृष्टिले संघीयता नेपालका लागि उपयुक्त नभएको भन्दै खारेज हुनुपर्ने उल्लेख छ । ‘संघीयताका कारण गणतन्त्र र राष्ट्रियता दुईटै खतरामा परेको छ,’ ज्ञापन पत्रमा भनिएको छ, ‘गणतन्त्र र राष्ट्रियताको रक्षाका लागि संघीयता खारेज गर्नु पर्ने आवश्यकता छ ।’ संघीयता धान्न नेपालमा स्रोत साधन नभएको र मुलुक दिन प्रतिदिन विदेशीको ऋणमा पर्ने खतरा भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । उक्त ज्ञापनपत्रमा मुलुकमा आर्थिक भार थप्ने गरि प्रदेशको शासकीय स्वरुप राख्नको औचित्य नभएको भन्दै प्रादेशिक तह खारेज गरि…
Read More
सुदूरपश्चिमका मुख्यमन्त्री शाह र दुई मन्त्रीद्वारा शपथ ग्रहण

सुदूरपश्चिमका मुख्यमन्त्री शाह र दुई मन्त्रीद्वारा शपथ ग्रहण

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज शुक्रवार प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनीयताको शपथ लिनुभएको छ । एमालेका मुख्यमन्त्री राजन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि संवैधानिक व्यवस्थाअनुसार हिजो बिहीवार कांग्रेसका शाह मुख्यमन्त्री नियुक्त हुनुभएको हो । गत पुस २७ गते एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएका रावलले प्रदेश सभाबाट विश्वासको मत पाउन नसकेपछि प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाउनुभएको हो । रावललाई यसअघि समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिएन । यसैबीच नेपाली कांग्रेसका प्रदेश सभा सदस्य प्रकाशबहादुर देउवा भौतिक पूर्वाधार मन्त्री र नेकपा एकीकृत समाजवादीका नरेशबहादुर शाही आर्थिक मामिला मन्त्रीमा नियुक्त हुनुभएको छ ।…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.