संघीयता खारेजीको माग गर्दै राष्ट्रिय जनमोर्चाद्धारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र

राष्ट्रिय जनमोर्चा डोटीले संघीयता खारेजीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ ।
आज शुक्रबार डोटीका प्रमुख जिल्ला अधिकारीमार्फत बुझाइएको ज्ञापन पत्रमा कुनै पनि दृष्टिले संघीयता नेपालका लागि उपयुक्त नभएको भन्दै खारेज हुनुपर्ने उल्लेख छ ।
‘संघीयताका कारण गणतन्त्र र राष्ट्रियता दुईटै खतरामा परेको छ,’ ज्ञापन पत्रमा भनिएको छ, ‘गणतन्त्र र राष्ट्रियताको रक्षाका लागि संघीयता खारेज गर्नु पर्ने आवश्यकता छ ।’ संघीयता धान्न नेपालमा स्रोत साधन नभएको र मुलुक दिन प्रतिदिन विदेशीको ऋणमा पर्ने खतरा भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

उक्त ज्ञापनपत्रमा मुलुकमा आर्थिक भार थप्ने गरि प्रदेशको शासकीय स्वरुप राख्नको औचित्य नभएको भन्दै प्रादेशिक तह खारेज गरि प्रदेशलाई जाने सम्पूर्ण वजेट गाउँको विकासमा लगाउनु पर्ने आवश्यकता रहेको उल्लेख गरिएको छ ।
आठबुँदे ज्ञापन पत्रमा गणतन्त्रलाई कमजोर पारेर आफ्ना राजनीति स्वार्थ पुरा गर्न देशलाई प्रतिगमन तर्फ लगिएकाले सरकार गम्भीर हुनु पर्ने,देशको राष्ट्रियता तथा कालापा सहितको भू भागलाई संसदभित्र तथा बाहिर अन्तराष्ट्रियकरण गर्नुपर्ने, अतिक्रमण भू–भागलाई फिर्ता लिन सरकारले अविलम्ब प्रयत्न गर्नु पर्ने माग गरिएको छ ।

यस्तै एमसीसी अविलम्ब खारेज गर्नु पर्ने, धर्म परिवर्तनका लागि भइरहेका गतिविधिविरुद्ध आवश्यक कदम चाल्नु पर्ने, महँगी, बेरोजगार, कालो बजारी नियन्त्रण लगायतका माग राख्दैज्ञापन पत्र बुझाएको राष्ट्रिय जनमोर्चा डोटीले जनाएको छ । उक्त ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले तत्कालै सम्बन्धित निकायमा पठाइने बताउनुभयो ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.