लुम्बिनीकी बिना विभागीय मन्त्री कृष्णा केसीद्धारा राजीनामा

लुम्बिनीकी सरकारको बिना विभागीय मन्त्री कृष्णा केसीले आज बिहान राजीनामा दिनुभएको छ ।
माओवादी केन्द्रका नेतासमेत रहनुभएकी मन्त्री केसीले बुटवलमा मुख्यमन्त्री लिला गिरी समक्ष राजीनामा पत्र बुझाउनुभएको हो । मुख्यमन्त्री निकट स्रोतका अनुसार मन्त्रालयको भागबण्डाको विषयलाई लिएर मन्त्री केसीले राजीनामा दिनुभएको हो । मन्त्री बन्नुभएकी केसीले भौतिक पूर्वाधार मन्त्रालयमा दावी गर्नुभएको थियो । तर उहाँलाई आन्तरिक मामिला, कानुन मन्त्री बनाउने तयारी भएपछि राजीनामा बुझाएको स्रोतले बताएको छ ।

आफूले पाउनुपर्ने मन्त्रालय नपाएको भन्दै पार्टीभित्र असन्तुष्टि जनाएर मन्त्री पदबाट केसीले राजीनामा दिएको माओवादी निकट स्रोतले बताएको छ । भौतिक पूर्वाधार मन्त्रालय माओवादीकै इन्द्रजित थारुलाई दिने मुख्यमन्त्रीको तयारी छ । माओवादीका नेता एवं प्रदेश सभा सदस्य इन्द्रजित थारुले भने राजीनामाको विषय पार्टीमा जानकारी नआएको प्रतिक्रिया दिनुभएको छ ।मुख्यमन्त्री गिरीले भोली आइतबार मन्त्रिपरिषद विस्तारको तयारी गर्नुभएको छ ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.