चिकित्सकलाई कुटपिट गरेको आरोपमा प्रहरी वरिष्ठ हवल्दार गुरुङ निलम्बित

भीआईपी सवारीका क्रममा चिकित्सकमाथि कुटपिट गरेको आरोपमा प्रहरी वरिष्ठ हवल्दार शम्भुजंग गुरुङ निलम्बनमा पर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका बेला हिजो शुक्रबार प्रहरीले ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहलाई कुटपिट गरेको आरोपमा गुरुङलाई काठमाडौं जिल्ला प्रहरी परिसरले निलम्बन गरेको हो ।
काठमाडौं प्रहरी वृत्त जनसेवामा कार्यरत गुरुङलाई घटनाको अनुसन्धान गर्नका लागि निलम्बन गरिएको नेपाल प्रहरीले जनाएको छ ।
हिजो शुक्रबार प्रहरीको कुटपिटबाट ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंह टाउको र हातमा चोट लागेपछि ट्र्रमा सेन्टरको आईसीयूमा ‘अब्जर्भेसन’ मा राखिएको छ । प्रहरीले ट्रमाका अरू चिकित्सकहरूलाई पनि कुटपिट गरेको छ । डा. सिंहमाथि कुटपिट भएको विरोधमा उत्रिँदा मेडिकल अधिकृत डाक्टर जाफिर आलमलगायतमाथि पनि हातपात भएको छ ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.