बैतडीको झौलेकमा जीप दुर्घटना हुँदा छ जनाको ज्यान गएको छ । बैतडीको झुलाघाटबाट बझाङको बागथलाका लागि छुटेको से१ज ७६४ नम्बरको जीप गएराति साढे ११ बजे जयपृथ्वी राजमार्गअन्तर्गत पाटन नगरपालिका–८, झौलेक मोडमा दुर्घटना भएको हो । उक्त दुर्घटनामा बझाङका एकै गाउँका छ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

ज्यान गुमाउनेमा बझाङको केदारस्युँ गाउँपालिका–५, बाँझका ६० वर्षीय मने बोहरा, ४० वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४५ वर्षीय वीरे धामी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो ।
चालकसहित १२ जना सवार उक्त जीपमा रहेका अरु पाँच जना सकुशल छन् । उनीहरुले हाम फालेर ज्यान जोगाएका हुन् । चालक फरार रहेका छन् । जीप अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर