चितवनको भरतपुर महानगरपालिका–२३ जगतपुरमा रहेको टाइगरल्याण्ड सफारी रिसोर्टमा भीषण आगलागी भएको छ ।
बिहान साढे ११ बजेदेखि रिसोर्टमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । रिसोर्टका तीन वटा सेमिनार हलमा आगो लागेको हो ।आगो निभाउन भरतपुर महानगरपालिकाका दुई दमकल पुगेका छन् ।
चितवनको टाइगरल्याण्ड रिसोर्टमा भीषण आगलागी