कैलालीमा एसईई सकेर घर फर्किँदै गरेका विद्यार्थी बोकेको जीप दुर्घटना ः एक जनाको ज्यान गयो, तीन जना घाइते

कैलालीको चुरेपहाडी क्षेत्र फल्टुडे सडक खण्डमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् ।
सुदूरपश्चिम प्रदेश ०१–००१ ज १४२३ नम्बरको जीप दुर्घटना हुँदा चुरे गाउँपालिका–६ का १८ वर्षीय भानु ठगुन्नाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
घाइते तीन जनाको अत्तरियामा रहेको पद्मा अस्पतालमा उपचार भइरहेको छ । अत्तरियामा रहेको दुर्गालक्ष्मी माध्यमिक विद्यालयमा एसईई दिएर घर फर्किँदै गरेका उनीहरु दुर्घटनामा परेका हुन् । ज्यान गुमाउने ठगुन्ना र घाइतेहरु चुरे गाउँपालिकाको मलकटेश्वर माविमा अध्ययनरत विद्यार्थी रहेको प्रहरीले जनाएको छ ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.