नेपाल नर्सिङ काउन्सिलले विशेषज्ञ नर्सको नाम दर्ताका लागि परीक्षा लिने भएको छ ।
काउन्सिलले सूचना जारी गर्दै २०८० साल असारसम्ममा परीक्षमार्फत नाम दर्ता गर्ने निर्णय गरेको जनाएको छ ।
त्यसका लागि अनलाइन आवेदन खुला गर्ने र आवेदकहरुको परीक्षा लिएपश्चात् मात्रै लाइसेन्स दिइने सूचनामा उल्लेख छ ।
यसअघि, काउन्सिलले शैक्षिक प्रमाणपत्र तथा योग्यताको प्रमाण पुग्ने कागजातका आधारमा विशेषज्ञ नर्सको नाम दर्ता गर्दै आएको थियो । २०२३ को मार्चसम्म काउन्सिलमा एक हजार तीनसय २६ विशेषज्ञ नर्स दर्ता छन् ।
विशेषज्ञ नर्सको नाम दर्ताका लागि अब परीक्षा दिनुपर्ने