पूर्वमन्त्री तथा जनमत पार्टीका सांसद अब्दुल खानले अश्लिल हर्कत गरेको भन्दै राष्ट्रिय एकता अभियानले उहाँलाई निलम्बनको माग गर्दै केन्द्रिय कार्यालयमा भर्ना दिएको छ ।
सांसद खानले एक महिलासँग भर्चुअल माध्यममा अश्लिल हर्कत गरेको भिडियो सामाजिक सञ्जालमा आएको थियो । तर खानले भने त्यो भिडियो देखाएर आफूसँग भारतीय गिरोहले रकम माग गरेको र रकम नदिएपछि सामाजिक सञ्जालमा हालेको बताउनुभएको छ । उहाँले भिडियोमा देखिएको गतिविधि आफूले नगरेको दावी पनि गर्नुभएको छ ।
अभियानले यसअघि गत शुक्रबार सभामुख देवराज घिमिरेलाई ज्ञापन पत्र बुझाउँदै उहाँलाई तत्काल निलम्बन गरेर अनुसन्धान अगाडि बढाउन माग गरेको थियो ।
© 2024, All right reserved to Radio Arpan 104.5
Web Design By Rijan Computers Contact: +977 9855080226, 9809823516