जनमत पार्टीका सांसद खानलाई निलम्बनको माग गर्दै जनमत पार्टीको कार्यालयमा धर्ना

पूर्वमन्त्री तथा जनमत पार्टीका सांसद अब्दुल खानले अश्लिल हर्कत गरेको भन्दै राष्ट्रिय एकता अभियानले उहाँलाई निलम्बनको माग गर्दै केन्द्रिय कार्यालयमा भर्ना दिएको छ ।
सांसद खानले एक महिलासँग भर्चुअल माध्यममा अश्लिल हर्कत गरेको भिडियो सामाजिक सञ्जालमा आएको थियो । तर खानले भने त्यो भिडियो देखाएर आफूसँग भारतीय गिरोहले रकम माग गरेको र रकम नदिएपछि सामाजिक सञ्जालमा हालेको बताउनुभएको छ । उहाँले भिडियोमा देखिएको गतिविधि आफूले नगरेको दावी पनि गर्नुभएको छ ।
अभियानले यसअघि गत शुक्रबार सभामुख देवराज घिमिरेलाई ज्ञापन पत्र बुझाउँदै उहाँलाई तत्काल निलम्बन गरेर अनुसन्धान अगाडि बढाउन माग गरेको थियो ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.