कालिका नगरपालिकाले गर्ने भयो चितवनका पत्रकारको १० लाखको दुर्घटना बीमा
कालिका नगरपालिकाले नेपाल पत्रकार महासंघ चितवन शाखाका सदस्यको रु १० लाखको दुर्घटना बिमा गर्ने भएको छ । नगरपालिका र महासंघ बीच दुर्घटना बीमा सम्बन्धी आज एक कार्यक्रमका बीच सम्झौता भएको हो । नगरपालिकाका प्रमुख बिनोद रेग्मी र महासंघका अध्यक्ष नारायणप्रसाद अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । नगरपालिकाले पत्रकार सामुहिक दुर्घटना बीमा कार्यबिधि २०७९ निर्माण गरी कार्यपालिका बैठकबाट अनुमोदन गरेपछि महासंघसँग सम्झौता गरेको हो । आगामी दिनहरुमा बीमा कार्यक्रमलाई निरन्तरता दिने गरी कार्यबिधि बनाएर व्यवस्थित गरिएको नगरप्रमुख रेग्मीले जानकारी दिनुभयो । कार्यबिधिमा बीमाका लागि नगरप्रमुख संयोजक भएको समिति रहेको छ । महासंघका अध्यक्ष समेत समितिमा रहने गरी कार्यबिधि बनाईएको छ…