पुल्चोक–गोन्द्राङ सडक विस्तारः घरधनीले सूचना अवज्ञा गरेपछि अन्ततः नारायणगढमा चल्यो डोजर
सडक डिभिजन कार्यालयले पुल्चोक–गोन्द्राङ ६ लेन सडक विस्तारका लागि संरचना भत्काउन गरेको सूचना घरधनीले अवज्ञा गरिएपछि अन्ततः डोजर चलाइएको छ । सडक विस्तारका लागि सडक डिभिजनले आज शुक्रबार बिहान डोजर चलाएको हो । चितवनको नारायणगढ–गोन्द्रङमा ६ लेन सडक विस्तारका लागि घर भत्काउन थालिएको हो । सडक क्षेत्रभित्र परेका घर तथा छाप्राहरु भत्काउन सुरु गरिएको छ । नारायणगढको पुल्चोकबाट सडक क्षेत्र ओगटेका घर तथा टहरा र अन्य संरचनाहरु घर भत्काउन सुरु गरिएको हो । पुल्चोक–गोन्द्राङ ६ लेन सडक निर्माणका क्रममा ५८ वटा घर भत्काउनुपर्ने देखिएको सडक डिभिजन कार्यालयले जनाएको छ । ती घरहरुमा २० देखि एकसय मिटरसम्मका संरचना सडकको क्षेत्रमा पर्ने…