आर्थिक खबर

कालिका नगर अस्पतालले थाल्यो भिडियो एक्सरे सेवा दिन

कालिका नगर अस्पतालले थाल्यो भिडियो एक्सरे सेवा दिन

कालिका नगर अस्पतालले आईतबारदेखि भिडियो एक्सरे सेवा सुरु गरेको छ । तत्कालका लागि आईतबार र विहीबार गरी सातामा दुई दिन अस्पतालले भिडियो एक्सरे सेवा दिने अस्पतालले जनाएको छ । भिडियो एक्सरेको पहिलो दिन अर्थात् आईतबार सात जनाको एक्सरे गरिएको नगर प्रमुख विनोद रेग्मीले जानकारी दिनुभयो । अस्पताल नगरपालिकाकै मातहतमा सञ्चालनमा छ । चौविसैघण्टा सेवा दिँदै आएको अस्पतालले आफ्ना अन्यसेवालाई समेत प्रभावकारी बनाउने योजनाका साथ अघि बढिरहेको छ । उक्त अस्पतालमा हाल पाँच जना चिकित्सक र दुईजना स्टाफनर्स कार्यरत्त छन् । अस्पतालमा औषधीको अभाव हुन नदिन ५९ लाखको औषधी टेन्डर प्रक्रिया मार्फत खरिद गरिएको बताइएको छ । अस्पतालले आफ्नै ल्याब प्रयोगशाला…
Read More
१४औं संस्करणको चितवन महोत्सवले मौरी र तोरीको प्रवद्र्धन गर्ने

१४औं संस्करणको चितवन महोत्सवले मौरी र तोरीको प्रवद्र्धन गर्ने

वि.सं.२०५३ सालदेखि चितवनको गौरव र गरिमामय प्रस्तुतीको रुपमा आयोजना हुँदै आइरहेको चितवन महोत्सवमा प्रत्येक सँस्करणमा नयाँ–नयाँ कुराको प्रवद्र्धनमा जोड दिँदै आइरहेको छ । कहिले माछा त कहिले केरा लगायत उपजको प्रवद्र्धन गर्दै आइरहेको महोत्सवले यसपटकको १४औं सँस्करणमा एक समय चितवनको पहिचान बनेको तोरी र मौरीको प्रवद्र्धन गर्ने भएको छ । पछिल्लो समय तोरीको उत्पादन घट्दै गइरहेकोले त्यसको प्रवद्र्धनका लागि अब आउँदो पुस २५ गतेदेखि माघ ४ गतेसम्म गरी नारायणी नदी किनारमा १० दिनेसम्म चल्ने महोत्सवमा विशेष परिषर बनाउन लागिएको हो । मह उत्पादनका लागि पनि चितवन प्रख्यात जिल्लाको रुपमा चिनिने भएकाले यसपटकको महोत्सवमा मौरी र तोरीको प्रवद्र्धन गर्ने उद्देश्यले विशेष…
Read More
१५ दिनमा आयल निगमलाई भयो ९९ करोड नाफा

१५ दिनमा आयल निगमलाई भयो ९९ करोड नाफा

भारतबाट आइतबार मात्रै इन्धनको मूल्य बढेर आए पनि नेपाल आयल निगमलाई भने आगामी पाक्षिक (१५ दिन)मा ९९ करोड रुपैयाँ नाफा हुने भएको छ । हालको खपतअनुसार समग्र पेट्रोलियम पदार्थमा सो नाफा रहने निगमले जनाएको छ । निगमलाई हाल पेट्रोलमा प्रतिलिटर करिब १५ रुपैयाँ तथा डिजेलमा सात रुपैयाँ नाफा छ । खाना पकाउने ग्यासमा भने निगम घाटामा छ । पहिलेको सञ्चित नोक्सानी रहेकाले निगमले हाललाई मूल्य यथावत राख्ने जनाएको छ । भारतीय आयल कर्पोरेसनलाई भुक्तानी गर्नुपर्ने रकम, पुरानो बक्यौता एवम् सरकारलाई तिर्नुपर्ने ऋण समेत गरी अझै करिब १८ अर्ब तिर्न बाँकी रहेको अवस्थामा समेत निगमले पेट्रोलियम पदार्थको आपूर्ति प्रणालीलाई व्यवस्थित गर्दै…
Read More

बढ्दो चेक बाउन्स मुद्दा ः अनुसन्धानका लागि प्रहरील खोल्यो नयाँ शाखा

जिल्ला प्रहरी कार्यालय चितवनमा नयाँ शाखा स्थापना गरिएको छ । चेक बाउन्ससम्बन्धी आर्थिक अपराध बढेपछि चितवन प्रहरीले बैंकिङ कसुर अपराध अनुसन्धान शाखा बनाएर काम थालेको छ । चेक काटेर दिने व्यक्तिले लेखिएअनुसारको नगद बैंक खातामा भुक्तानीयोग्य रकम नभएमा चेक बाउन्स हुन्छ । भुक्तानीका निम्ति दिएको चेक बैंकबाट भुक्तान हुन नसकी फिर्ता हुनु भनेको ‘चेक बाउन्स’ हुनु हो । प्रायले यस्तो चेक नियतवश दिँदा अपराधको भागेदारी बन्नु परेको छ । समझदारीमा भएको लेनदेनमा विवाद उत्पन्न हुँदा वास्तविक पीडितहरुले अहिले प्रहरीमा उजुरी दिन थालेका छन् । घरजग्गा कारोबार, वैदेशिक रोजगारी, व्यापार व्यवसाय, सामान खरिद–बिक्री तथा लेनदेनसँग जोडिएका घटनामा चेक बाउन्समार्फत ठगी भइरहेको…
Read More
भरतपुरको पार्वतीपुरमा उपमेयर अधिकारीद्धारा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

भरतपुरको पार्वतीपुरमा उपमेयर अधिकारीद्धारा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

भरतपुर महानगरपालिकाले ‘मेयरसँग बालबालिका कार्यक्रम’अन्तर्गत आज सोमबार भरतपुर–२१ का बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेको छ । भरतपुर–२१ रंगिलामा रहेको आधारभूत विद्यालय रंगिला र राष्ट्रिय प्राथमिक विद्यालय सितापुर स्कुलमा पुगेर भरतपुरका उपमेयर चित्रसेन अधिकारीले न्यानो कपडा वितरण गर्नुभएको हो । आधारभूत बिद्यालय रंगिलामा ८१ जनालाई र राष्ट्रिय प्राथमिक बिद्यालय सितापुरका २८ जना गरी एकसय नौ जना बालबालिकालाई न्यानो कपडा बितरण गरिएको छ । मेयरसँग बालबालिका कार्यक्रम मुलत बालविकासदेखि कक्षा ५ सम्मका बालबालिकाहरु प्रति लक्षित छ । कार्यक्रममा भरतपुर महानगरका उपमेयर अधिकारीले अब कुनै पनि बालबालिका चिसोबाट प्रभावित हुनुनपर्ने बताउनुभयो । चिसोबाट थप कोही पनि प्रभावित हुन नपरोस् भन्ने हेतुले भरतपुर महानगरले…
Read More
कालिका नगरपालिकाले गर्ने भयो चितवनका पत्रकारको १० लाखको दुर्घटना बीमा

कालिका नगरपालिकाले गर्ने भयो चितवनका पत्रकारको १० लाखको दुर्घटना बीमा

कालिका नगरपालिकाले नेपाल पत्रकार महासंघ चितवन शाखाका सदस्यको रु १० लाखको दुर्घटना बिमा गर्ने भएको छ । नगरपालिका र महासंघ बीच दुर्घटना बीमा सम्बन्धी आज एक कार्यक्रमका बीच सम्झौता भएको हो । नगरपालिकाका प्रमुख बिनोद रेग्मी र महासंघका अध्यक्ष नारायणप्रसाद अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । नगरपालिकाले पत्रकार सामुहिक दुर्घटना बीमा कार्यबिधि २०७९ निर्माण गरी कार्यपालिका बैठकबाट अनुमोदन गरेपछि महासंघसँग सम्झौता गरेको हो । आगामी दिनहरुमा बीमा कार्यक्रमलाई निरन्तरता दिने गरी कार्यबिधि बनाएर व्यवस्थित गरिएको नगरप्रमुख रेग्मीले जानकारी दिनुभयो । कार्यबिधिमा बीमाका लागि नगरप्रमुख संयोजक भएको समिति रहेको छ । महासंघका अध्यक्ष समेत समितिमा रहने गरी कार्यबिधि बनाईएको छ…
Read More
शहिद तथा बेपत्ताका परिवारलाई आर्थिक सहायता गर्दै भरतपुर महानगरपालिका

शहिद तथा बेपत्ताका परिवारलाई आर्थिक सहायता गर्दै भरतपुर महानगरपालिका

भरतपुर महानगरपालिकाले शहिद तथा बेपत्ता भएकाको परिवारलाई आर्थिक सहायता गर्ने भएको छ । महानगरले जनयुद्ध र जनआन्दोलनमा शहिद भएका वा बेपत्ता पारिएका परिवारलाई आर्थिक सहायता प्रदान गर्ने भएको हो । आर्थिक सहायता प्राप्त गर्नका लागि लक्षित समुदायले भरतपुर महानगरपालिकामा निवेदन दिन सूचनामार्फत आग्रह गरिएको छ । आर्थिक सहायताको लागि आधिकारीक निकायबाट जनयुद्ध तथा सबै प्रकारका जनआन्दोलनमा शहिद वा बेपत्ता पारिएका परिवार खुल्ने कागजात, भरतपुर महानगरभित्र स्थायी बसोबास गरेको प्रमाणलगायतका कागजात चाहिने महानगरले जनाएको छ । शहिद तथा बेपत्ता पारिएका परिवारलाई आर्थिक सहायता गर्न महानगरले कार्यविधि नै बनाएको छ ।
Read More
दूधको मूल्य प्रतिलिटर १४ रुपैयाँ बढाउन चितवनका किसानहरुको माग

दूधको मूल्य प्रतिलिटर १४ रुपैयाँ बढाउन चितवनका किसानहरुको माग

चितवन जिल्लाका किसानले दूधको मूल्य प्रतिलिटर १४ रुपैयाँ बढाउन माग गरेका छन् । हिजो आइतबार भरतपुरमा पत्रकार सम्मेलन गरी उनीहरुले दूधको उत्पादन लागत बढेको भन्दै मूल्य बढाउन माग गरेका हुन् । राष्ट्रिय व्यावसायिक पशुपालन तथा दूध उत्पादक कृषक समाजका केन्द्रीय अध्यक्ष आनन्द निउरेले प्रतिलिटर १४ रुपैयाँ किसानले पाउने गरी दूधको मूल्य बढाउनुपर्ने बताउनुभयो । दाना चोकर र परालको मूल्यवृद्धिका कारण किसानको लागतसमेत उठ्ने अवस्था नरहेको भन्दै उहाँले मूल्य नबढाए किसान पलायन हुने अवस्था आउने दाबी गर्नुभयो । दूधको मूल्य राम्रो नभएको र किसानले नाफा अनुदान नपाएकै कारण पशुपालन धरासायी बन्दै गएको कृषक समाजका सल्लाहकार भगीरथ तिमल्सिनाले बतउनुभयो । राज्यकै नीतिका…
Read More
एक वर्षमा छ लाख १४ हजार एकसय ४८ पर्यटक भित्रिए  नेपाल

एक वर्षमा छ लाख १४ हजार एकसय ४८ पर्यटक भित्रिए नेपाल

एक वर्षमा छ लाख १४ हजार एकसय ४८ जना पर्यटक नेपाल भित्रिएका छन् । नेपालमा कोभिड–१९ महामारी सुरु हुनु भन्दा अर्थात् सन् २०१९ को तुलनामा ५१ दशमलव २९ प्रतिशतले बढी हो । महामारीका कारण सन् २०२० मा शून्यप्रायः देखिएको पर्यटक आगमन सन् २०२२ मा सुधार भएको हो । सन् २०२२ मा एक वर्षमा छ लाख १४ हजार एकसय ४८ विदेशी पर्यटक भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । यो संख्या सन् २०२१ को तुलनामा तीनसय नौ दशमलव ७५ प्रतिशत र सन् २०२० को तुलनामा एकसय ६६ दशमलव ९२ प्रतिशत धेरै हो । सन् २०२२ मा सबैभन्दा धेरै भारतीय पर्यटक नेपाल…
Read More
पोल्ट्री व्यवसाय समस्यामा, व्यवसायी भन्छन् ‘हाम्रो समस्या सुन्ने र बुझ्ने कोही भएनन्’

पोल्ट्री व्यवसाय समस्यामा, व्यवसायी भन्छन् ‘हाम्रो समस्या सुन्ने र बुझ्ने कोही भएनन्’

अण्डा,मासु, चल्ला र दानामा आत्मनिर्भर पोल्ट्री व्यवसाय चरम समस्यामा परेको छ । दानाको कच्चा पदार्थमा भएको मूल्यवृद्धि, उच्च ब्याजदर, लागतअनुसारको बजार मूल्य नपाउँदा, भारतीय उत्पादन निर्वाधरूपमा प्रवेश पाउँदा व्यवसाय समस्यामा परेको हो । दशौँ राष्ट्रिय पोल्ट्री दिवस मनाइरहँदा व्यवसायी अब के गर्ने भन्ने चिन्तामा परेका छन् । नेपालमा पोल्ट्री व्यवसायमा रु एक खर्ब ५० अर्बभन्दा बढी लगानी भइसकेको छ । सो मध्ये आधाभन्दा बढी बैंकको ऋण छ । लागत मूल्यमा उत्पादित वस्तु बिक्री गर्न नसकेपछि झण्डै दुई वर्षयता व्यवसायीले एकोहोरो नोक्सान व्यहोर्दै आएका छन् । नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टले कुखुराजन्य उत्पादन सबैमा व्यवसायी नोक्सानमा रहेको जानकारी दिनुभयो ।…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.