संजय दुवाडी
फिफा विश्वकप कतार २०२२ को पहिलो सेमिफाइनलमा आज अर्जेन्टिना र क्रोएसिया भिड्न गैरहेका छन् ।
यो खेल कतारको लुसेल आइकोनिक रंगशालामा नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ । पहिलो खेलमै साउदी अरेबियासँग २–१ ले स्तब्ध भएपछि मेस्सीकै उच्च प्रदर्शनमा अर्जेन्टिनाले मेक्सिको, पोल्यान्ड, अस्ट्रेलिया र नेदरल्यान्ड्सको चुनौती पन्छाएर सेमिफाइनमा स्थान बनाएको छ ।
यता, समूह चरणमा मोरक्को र बेल्जियमसँग गोलरहित बराबरी खेलेको क्रोएसियाले त्यसपछि क्यानडा, जापान र ब्राजिललाई हराएर अन्तिम चारमा स्थान पक्का गरेको हो ।
क्रोएसिया लगातार दोस्रोपटक फाइनल पुग्ने दाउँमा रहँदा अर्जेन्टिना पनि ८ वर्षपछि फाइनल पुग्ने लक्ष्यमा हुनेछ । यसअघिको दुई संस्करणमा दुवै टोली फाइनलमा पुगेपनि उपाधि भने जित्न सकेको छैन ।
२०१८ मा रुसमा भएको विश्वकपमा क्रोएसिया फ्रान्ससँग ४–२ ले पराजित भएको थियो । त्यसअघि ब्राजिलमा २०१४ मा भएको विश्वकपमा अर्जेन्टिना जर्मनीसँग अतिरिक्त समयमा १–० ले पराजित भएको थियो ।
अर्जेन्टिनाका कप्तान लियोनल मेसि र क्रोएसियन कप्तान लिका मोड्रिक दुवैको अन्तिम विश्वकप समेत भएकोले यी दुइ बलों डिएर बिजेताको खेललाई निकै महत्वपुर्णका साथ् हेरिएको छ ।