एजेन्डामा कुरा मिले रवि लामिछाने नेतृत्वको पार्टी सरकारमा जान तयार
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सहभागी हुने भएको छ । पहिलोपटक निर्वाचनमा भाग लिएर २० सिटसहित संसद् प्रवेश गरेको पार्टीले दुवै गठबन्धनका नेताहरुसँग अनौपचारिक छलफल गरेसँगै सरकारमा सहभागी हुने देखिएको हो । जनताका पक्षमा काम गर्ने गरी सरकारमा सहभागी हुन तयार भएको रास्वपाका महामन्त्रीसमेत रहनुभएका प्रवक्ता डा. मुकुल ढकालले बताउनुभयो । विदेशमा बस्ने नेपालीलाई भोट हाल्ने अधिकार, भ्रष्टाचार नियन्त्रण र विश्वविद्यालय क्षेत्रको सुधारसहितका एजेन्डामा कुरा मिले सरकारमा सहभागी हुन तयार भएको बताइएको छ । आफुहरु मन्त्रीमा होइन एजेन्डामा भागबण्डा हुनेगरी कुरा मिल्यो भने सरकारमा सहभागी हुने ढकालको भनाई छ । एक सय वटा कानुन बनाउँदा रास्वपाको प्रस्तावमा पाँचवटा…