विश्वचर्चित बलरलाई सन्दीपले पछि पारे
संजय दुवाडी पुस १७ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा लेगस्पिनर सन्दीप लामिछाने २०२१ ओडिआई क्रिकेटमा उत्कृष्ट प्रदर्शनका विश्वका स्टार बलरलाई पछि पारेका छन् । सन्दीपले २०२१ ओडिआईमा सर्वाधिक विकेट लिने बलरमा दक्षिण अफ्रिका कागिसो रबाडादेखि अफगानिस्तानका राशिद खानसम्मका विश्व चर्चित स्टार बलरलाई धेरै पछि छाडेका छन् । सन्दीप २०२१ ओडिआईमा सर्वाधिक विकेट लिने खेलाडीको सूचिमा तेस्रो स्थानमा अन्त्य गरे । सन्दीपले ६ खेलको ५ इनिङमा बलिङ गर्दै १८ विकेट लिए । उनले ४१.५ ओभर बलिङ गर्दै ५ मेडन सहित १ सय ३३ रन खर्चेर १८ विकेट लिएका हुन् । उत्कृष्ट प्रदर्शन ६–११ छ । श्रीलंका तीव्र गतिका बलर…