कोशीटप्पुमा आजबाट चरा गणना

पुस १७ । कोशीटप्पु वन्यजन्तु आरक्षमा आजबाट चरा गणना गर्न लागिएको छ। हरेक वर्ष पुसमा हुने चरा गणना यो ३५औं हो ।

मानव अतिक्रमणले कोशीटप्पुमा वर्षेनी जलचरा घट्दो क्रममा छन्। सयौंको संख्यामा एकै झुण्डमा पाइने चरा अहिले स-साना झुण्डमा देखिने गरेका छन् । कोशी पंक्षी समाजका अध्यक्ष संजीव आचार्यका अनुसार यस वर्षको पाँच दिने चरा गणनामा ३० जनाको समूह परिचालित छ ।

कोशी पंक्षी समाज, बराहक्षेत्र नगरपालिका, कोशीटप्पु लर्निङ ग्राउन्डस्, राष्ट्रिय प्रकृति संरक्षण कोष, हिमाली प्रकृति, कोशी पंक्षी अध्ययन केन्द्र, कोशीटप्पु वन्यजन्तु आरक्ष, नेपाली सेना, केटीके बेल्ट, जेडएसएल नेपाल, नेपाल पंक्षीविद् संघलगायतका संस्था चरा गणनामा सहभागि भएको अध्यक्ष आचार्यले जानकारी दिए ।

कोशीटप्पु वन्यजन्तु आरक्ष भित्रको चरिचरनले चराको स्वर्ग भनेर चिनिने यस क्षेत्रमा युरोपदेखि आउंने चराको संख्या घट्दै गएको छ ।

गणनामा कोशी नदीभित्र र बाहिरका सिमसार क्षेत्रमा गणना गरिन्छ । नदीभित्रको पूर्वी र पश्चिमी भागबाट दुई वटा डुङ्गामा १०-१० जना र बाहिरबाट १० जना स्वयंसेवकले गणना गर्नेछन् ।

पंंक्षी अध्ययन केन्द्रका चरा गणक बिमल तिम्सिनाका अनुसार बराहक्षेत्रस्थित कोशी नदीको पुलदेखि डुङ्गाबाट दुई दिन लगाएर कोशी ब्यारेजसम्म गणना गरिनेछ । कोशी पूर्वको नदी बाहिरको क्षेत्रमा पनि शनिबार र आइतबार तथा सप्तरी तर्फ कमलपुर क्षेत्रका जलासयहरूमा सोमबार र मंगलबार गणना गरिनेछ ।

चराविद्हरुका अनुसार साइबेरियादेखि उडेर आउंने चराको बासस्थानमा मानव अतिक्रमण बढेकाले कोशीटप्पुमा कम हुँदै गएको छ । गाई, भैंसी चराउने र माछा मार्नेहरूका कारण हिमाल पारिबाट उडेर आउने चरा भारत तर्फको कोशीमा ओर्लने गरेको उनीहरू बताउँछन् ।

 

By Admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.