प्रदेश १

विद्युत् कटौती तालिका सार्वजनिक गर्न माग गर्दै उद्योगीद्वारा प्राधिकरण घेराउ

विद्युत् कटौती तालिका सार्वजनिक गर्न माग गर्दै उद्योगीद्वारा प्राधिकरण घेराउ

तालिकाबिना दैनिक ८ देखि १२ घण्टासम्म हुँदै आएको अनियमित विद्युत् कटौतीले उद्योग चौपट भएको भन्दै मोरङ व्यापार संघले आज आइतबार विद्युत् प्राधिकरणको दुहवी ग्रिडमा घेराउ गरेको छ । विद्युत् कटौतीको तालिका सार्वजनिक गर्न र भएको विद्युत् व्यवस्थित रुपमा वितरण गर्नुपर्ने माग गर्दै संघमा आबद्ध सुनसरी मोरङ औद्योगिक क्षेत्रका उद्योगीले ग्रिडमा धर्ना दिएका हुन् । धर्नाका क्रममा उद्योगीले विद्युत् कटौती तालिका सार्वजनिक गर्, जथाभावी विद्युत् काट्न पाइँदैन, उद्योग मार्न पाइँदैन, कुलमान घिसिङ राजीनामा दे जस्ता नारा लगाएका थिए । उनीहरुले विद्युत् कटौतीको तालिका सार्वजनिक नगरेसम्म घेराउ कार्यक्रम जारी रहने बताएका छन् । दैनिक ८ देखि १२ घण्टासम्म सूचनाबिना हुँदै आएको अनियमित…
Read More
मोरङका तीन परीक्षा केन्द्रबाट एसईईका एकसय १६ जना परीक्षार्थी पक्राउ

मोरङका तीन परीक्षा केन्द्रबाट एसईईका एकसय १६ जना परीक्षार्थी पक्राउ

मोरङमा माध्यमिक शिक्षा परीक्षा (एसईई) का तीनवटा परीक्षा केन्द्रबाट एकसय १६ जना विद्यार्थी पक्राउ परेका छन् । नक्कली परीक्षार्थीको आशंकामा ग्रामथान गाउँपालिका–२ मा रहेको सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट ५२ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीले हिजो बुधबार सोही परीक्षा केन्द्रबाट एक जनालाई पक्राउ गरेको थियो । आज (बिहीबार) ५२ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्त प्रहरी नायव उपरीक्षक रञ्जन दाहालले जानकारी दिनुभयो । यस्तै, केराबारी गाउँपालिका–७ स्थित सार्वजनिक माध्यामिक विद्यालयबाट ४४ जना र सुन्दरहरैचा नगरपालिका–१ स्थित जनता माध्यामिक विद्यालयबाट २०जना पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
Read More
ताप्लेजुङका दुई ठाउँमा दुई पुरुषको शव भेटियो

ताप्लेजुङका दुई ठाउँमा दुई पुरुषको शव भेटियो

हिमाली जिल्ला ताप्लेजुङका दुई ठाउँमा दुई जना पुरुषको शव भेटिएको छ । रौतहटको चन्द्रपुर नगरपालिका घर भएका विशाल थापाको शव सिरिजङ्घा गाउँपालिका पुछार काबेली खोलाको बगरमा भेटिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । सुपर काबेली हाड्रोपारमा एक्स्काभेटर चालकको रूपमा काम गर्ने थापामा राति बरबराउने समस्या थियो । यस्तै फुङलिङ नगरपालिका वडा नम्बर–२ देवलिङ्गे बस्ने ३४ वर्षका कुमार विकको शव सिम्ले नजिकैको सडक किनारमा भेटिएको छ । शवको पोस्टमार्टमपछि परिवारलाई जिम्मा लगाइने र घटनाको अनुसन्धा भइरहेको प्रहरीले जनाएको छ ।
Read More
ओखलढुङ्गाको चिसङ्खुगढीमा जीप दुर्घटनाः दुईको मृत्यु, नौ जना घाइते

ओखलढुङ्गाको चिसङ्खुगढीमा जीप दुर्घटनाः दुईको मृत्यु, नौ जना घाइते

ओखलढुङ्गाको चिसङ्खुगढीमा भिरबाट जीप पल्टिँदा दुई जनाको मृत्यु भएको छ । नौ जना गम्भीर घाइते भएका छन् । चिसङ्खुगढी गाउँपालिका–३ चापाकोटबाट जिल्ला सदरमुकामका लागि छुटेको ना १ ज ८४७३ नम्बरको जीप बिहान दियालेमा भएको दुर्घटनामा मिनबहादुर श्रेष्ठ र भक्तबहादुर थापाको ज्यान गएको हो । । जीप दुर्घटनामा परी घाइते हुनेमा तिर्थ लक्ष्मी थापा, शर्मीला श्रेष्ठ, खेम अधिकारी, तुलसादेवी कटेल, आयुषा श्रेष्ठ , केन्द्र कार्की, लडिसा श्रेष्ठ, तिलक कुमारी श्रेष्ठ र चालक सुमन कार्की रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।जीपमा ११ जना यात्रु सवार थिए । घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत् काठमाडौं लगिएको छ । घाइते भएका धेरैजसोको टाउकोमा चोट…
Read More
पूर्वसांसद कर्मा घलेको उपचारका क्रममा  निधन

पूर्वसांसद कर्मा घलेको उपचारका क्रममा निधन

नेपाली कांग्रेसका नेता एवं पूर्वसांसद कर्मा घलेको आज मंगलबार निधन भएको छ । ५९ वर्षिय घलेको उपचारकै क्रममा शिक्षण अस्पताल काठमाडौंमा निधन भएको हो । प्रोस्टेट क्यान्सरबाट ग्रसित भएपछि लामो समयसम्म भारतमा उपचार गराउनुभएका घले केही समयदेखि नेपालमै उपचाररत हुनुहुन्थ्यो । व्यवसायी समेत रहनुभएका मनाङका स्थायी निवासी घले नेपाली कांग्रेसको राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । उहाँ २०७४ को निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य बन्नुभएको थियो । तर, क्यान्सरका कारण अधिकतम उपचारमै समय बिताउन पर्दा संसद्मा उहाँले पूर्ण कार्यकाल सक्रिय भूमिका निभाउन पाउनुभएको थिएन । उहाँले लामो समय भारतको नयाँ दिल्लीमा रहेर उपचार गराउनुभएकोे थियो ।
Read More
एकसय ६७ मतसहित सभामुखमा एमालेका घिमिरे निर्वाचित

एकसय ६७ मतसहित सभामुखमा एमालेका घिमिरे निर्वाचित

प्रतिनिधि सभाको सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित हुनुभएको छ । आज बिहीवार बसेको संसद् बैठकले घिमिरेलाई सभामुखमा निर्वाचित गरेको हो । मत विभाजनमा घिमिरेको पक्षमा एक सय ६७ मत र विपक्षमा एक सय मत खसेको छ । यस्तै एक सांसद तटस्ठ रहेका थिए । दुई सय ७५ सदस्यीय सभामा आज दुई सय ६८ जना सांसद उपस्थित रहेका थिए । बैठकको अध्यक्षता गर्नुभएका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले घिमिरेलाई सभामुखमा निर्वाचित भएको घोषणा गर्नुभएको हो । सत्ता गठबन्धनबाट नेकपा एमालेका उम्मेदवार घिमिरेलाई सभामुखमा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रस्ताव गर्नुभएको थियो । यस्तै उहाँको समर्थकमा नेकपा माओवादी केन्द्रका हितराज पाण्डे, राप्रपाका राजेन्द्र…
Read More
जिउँदो शिशुलाई मृत घोषित गर्ने चिकित्सकलाई काम गर्न रोक

जिउँदो शिशुलाई मृत घोषित गर्ने चिकित्सकलाई काम गर्न रोक

विराटनगरको कोसी अस्पतालमा उपचारार्थ भर्ना गरिएकी १८ दिने शिशुलाई मृत घोषित गर्ने चिकित्सकसहित तीन स्वास्थ्यकर्मीलाई काम गर्न रोक लगाइएको छ । हाइपोथर्मिया भएकी शिशुलाई मृत घोषित गरी घर पठाउने अस्पतालका मेडिकल अफिसर आकाश यादवसहित तीन स्वास्थ्यकर्मीलाई काममा रोक लगाइएको हो । चिकित्सक यादवसहित अहेब लक्ष्मण माझी र टीका अधिकारीलाई काममा रोक लगाइएको अस्पतालले जनाएको छ । उक्त घटनाको छानबिन गर्न आज बिहीबार अस्पतालका बालरोग विशेषज्ञ डा. प्रवीण झाको नेतृत्वमा तीन सदस्य समिति समेत गठन गरिएको छ । अस्पतालका सूचना अधिकारी रामप्रसाद नेपालले तीनैजनालाई स्पष्टीकरण पनि सोधिएको बताउनुभएको छ । बुधवार बिहान ८ देखि दिउँसो २ बजेसम्म डा. यादव र अहेबहरू…
Read More
प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० मा लुम्बिनीलाई पराजित गर्दै मधेश प्रदेश सेमिफाइनलमा

प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० मा लुम्बिनीलाई पराजित गर्दै मधेश प्रदेश सेमिफाइनलमा

सुनसीको इटहरीमा जारी रहेको प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले लुम्बिनी प्रदेशलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । आज बुधवार भएको पहिलो खेलमा मधेशले लुम्बिनीलाइ १६ रनले हराउदै सेमिफाइनलमा स्थान बनाएको हो । समूह ए बाट सुदूरपश्चिम र सशस्त्र प्रहरीको एपीएफ क्रमसः विजेता र उपविजेताका रुपमा सेमिफाइनल पुग्दा समूह बीबाट प्रदेश १ विजेता र मधेश प्रदेश उपविजेताका रुपमा अन्तिम चारमा पुगेका हुन् । दुबै सेमिफाइनल खेल शुक्रबार हुनेछ । इटहरीको जनता क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ रोजेको मधेशले निर्धारित ओभरमा ५ विकेट गुमाएर एकसय सात रनको योगफल खडा गरेको थियो । उसका लागि साना प्रभिनले…
Read More
खोटाङमा विद्यालयबाट घर फर्कने क्रममा बेपत्ता भएकी बालिका मृत फेला

खोटाङमा विद्यालयबाट घर फर्कने क्रममा बेपत्ता भएकी बालिका मृत फेला

खोटाङमा विद्यालयबाट घर फर्कने क्रममा बेपत्ता भएकी एक बालिका मृत अवस्थामा फेला परेकी छन् । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानकी १७ वर्षीया रञ्जिता दाहाल आज सोमवार बिहान घर नजिकै खन्युको फेदमा मृत अवस्थामा फेला परेकी हुन् । आइतवार दिउँसो घर फर्कने क्रममा सम्पर्कविहीन बनेकी बालिकाको शव खन्युको फेदमा पासो चुँडिएर खसेकोजस्तो अवस्थामा भेटिएको खोटाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) मञ्जिल मुकारुङले बताउनुभएको छ । मृतक बालिका महेन्द्रोदय मावि हलेसीमा कक्षा १० मा अध्ययनत थिइन् । यही माघ ३ गतेदेखि विद्यालयमा आयोजना हुने नगरस्तरीय भलिबल, फुटबल र नृत्य प्रतियोगिताको तयारीका लागि रञ्जिता गाउँकै साथीसँग विद्यालय पुगेकी थिइन् । प्रतियोगीताको तयारी सकेपछि उनी साथीसँगै…
Read More
प्रदेश–१ को सभामुखमा माओवादी केन्द्रका बाबुराम गौतम निर्विरोध निर्वाचित

प्रदेश–१ को सभामुखमा माओवादी केन्द्रका बाबुराम गौतम निर्विरोध निर्वाचित

प्रदेश–१ को सभामुखमा माओवादी केन्द्रका सांसद बाबुराम गौतम निर्विरोध निर्वाचित हुनुभएको छ । सभामुखमा माओवादी केन्द्रका सांसद गौतमको एकल उम्मेदवारी परेको थियो । प्रस्तावक र समर्थकले समर्थन रहेको जनाएपछि ज्येष्ठ सदस्य गयानन्द मण्डलले एकल उम्मेदवार परेकाले निर्विरोध निर्वाचित भएको घोषणा गर्नु भएको हो । माओवादी केन्द्रका केन्द्रीय सदस्य गौतम ओखलढुङ्गाको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित हुनुभएको थियो । सभामुख गौतमले आजै शपथ लिने जनाइएको छ ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.