सुनसीको इटहरीमा जारी रहेको प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले लुम्बिनी प्रदेशलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ ।
आज बुधवार भएको पहिलो खेलमा मधेशले लुम्बिनीलाइ १६ रनले हराउदै सेमिफाइनलमा स्थान बनाएको हो । समूह ए बाट सुदूरपश्चिम र सशस्त्र प्रहरीको एपीएफ क्रमसः विजेता र उपविजेताका रुपमा सेमिफाइनल पुग्दा समूह बीबाट प्रदेश १ विजेता र मधेश प्रदेश उपविजेताका रुपमा अन्तिम चारमा पुगेका हुन् । दुबै सेमिफाइनल खेल शुक्रबार हुनेछ ।
इटहरीको जनता क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ रोजेको मधेशले निर्धारित ओभरमा ५ विकेट गुमाएर एकसय सात रनको योगफल खडा गरेको थियो । उसका लागि साना प्रभिनले पाँच चौकाको मदतले अविजित ४६ रन बनाइन । रोजी कदारीले १५ रन जोड्दा मधेशले अतिरिक्त २७ रन पाएको थियो ।
लुम्बिनीका मनिषा राना, सरस्वती पुन र बिभास्ना वीसीले १–१ विकेट लिईन् । एकसय आठ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा पाँच विकेट गुमाएर ९१ रनमा समेटियो । लुम्बिनीका लागि रन्जु श्रेष्ठ र मधु डीसीले समान २१ रनको योगदान गरिन् । आशा पुलामी मगर र कप्तान सरस्वती जीएमले ११–११ रन बनाउँदा लक्ष्मी चौधरीले १२ तथा सरस्वती पुनले १० रन जोडिन् ।
माघ ७ गतेसम्म चल्ने उक्त प्रतियोगतामा विजेताले पाँच लाख र उपविजेतालेतीन लाख रुपैयाँ प्राप्त गर्नेछन । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ३० हजार, उत्कृष्ट ब्याट्स वुमनलाई २० हजार र उत्कृष्ट बलरलाई २० हजार रुपैयाँ प्रदान गरिने छ ।
प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० मा लुम्बिनीलाई पराजित गर्दै मधेश प्रदेश सेमिफाइनलमा
