ताप्लेजुङका दुई ठाउँमा दुई पुरुषको शव भेटियो

हिमाली जिल्ला ताप्लेजुङका दुई ठाउँमा दुई जना पुरुषको शव भेटिएको छ ।
रौतहटको चन्द्रपुर नगरपालिका घर भएका विशाल थापाको शव सिरिजङ्घा गाउँपालिका पुछार काबेली खोलाको बगरमा भेटिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । सुपर काबेली हाड्रोपारमा एक्स्काभेटर चालकको रूपमा काम गर्ने थापामा राति बरबराउने समस्या थियो ।
यस्तै फुङलिङ नगरपालिका वडा नम्बर–२ देवलिङ्गे बस्ने ३४ वर्षका कुमार विकको शव सिम्ले नजिकैको सडक किनारमा भेटिएको छ । शवको पोस्टमार्टमपछि परिवारलाई जिम्मा लगाइने र घटनाको अनुसन्धा भइरहेको प्रहरीले जनाएको छ ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.