ओखलढुङ्गाको चिसङ्खुगढीमा जीप दुर्घटनाः दुईको मृत्यु, नौ जना घाइते

ओखलढुङ्गाको चिसङ्खुगढीमा भिरबाट जीप पल्टिँदा दुई जनाको मृत्यु भएको छ । नौ जना गम्भीर घाइते भएका छन् ।
चिसङ्खुगढी गाउँपालिका–३ चापाकोटबाट जिल्ला सदरमुकामका लागि छुटेको ना १ ज ८४७३ नम्बरको जीप बिहान दियालेमा भएको दुर्घटनामा मिनबहादुर श्रेष्ठ र भक्तबहादुर थापाको ज्यान गएको हो । ।
जीप दुर्घटनामा परी घाइते हुनेमा तिर्थ लक्ष्मी थापा, शर्मीला श्रेष्ठ, खेम अधिकारी, तुलसादेवी कटेल, आयुषा श्रेष्ठ , केन्द्र कार्की, लडिसा श्रेष्ठ, तिलक कुमारी श्रेष्ठ र चालक सुमन कार्की रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।जीपमा ११ जना यात्रु सवार थिए । घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत् काठमाडौं लगिएको छ । घाइते भएका धेरैजसोको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.