बङ्लादेशमा अक्सिजन प्लान्टमा विस्फोटः छ जनाको ज्यान गयो, ३० जनाभन्दा धेरै घाइते

बङ्लादेशको दक्षिणपूर्वी सीताकुण्ड क्षेत्रमा एक अक्सिजन प्लान्टमा विस्फोट हुँदा कम्तीमा छ जनाको ज्यान गएको छ भने ३० जनाभन्दा धेरै घाइते भएका छन् । घाइतेलाई अस्पताल भर्ना गरिएको छ ।
राजधानी ढाकाबाट झण्डै दुईसय २० किलोमिटर टाढा सीताकुण्डमा अक्सिजन प्लान्टमा हिजो बेलुका विस्फोट भएको हो । अग्नि नियन्त्रक टोलीले गएराति नै आगो निभाएका छन् । अघिल्लो वर्ष जुनमा पनि बङ्लादेशको एक अक्सिजन प्लान्ट नजिक कन्टेनर डिपोमा विस्फोट हुँदा ५० जनाको ज्यान गएको थियो । झण्डै दुई सय जना घाइते भएका थिए ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.