खोटाङमा विद्यालयबाट घर फर्कने क्रममा बेपत्ता भएकी बालिका मृत फेला

खोटाङमा विद्यालयबाट घर फर्कने क्रममा बेपत्ता भएकी एक बालिका मृत अवस्थामा फेला परेकी छन् । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानकी १७ वर्षीया रञ्जिता दाहाल आज सोमवार बिहान घर नजिकै खन्युको फेदमा मृत अवस्थामा फेला परेकी हुन् ।
आइतवार दिउँसो घर फर्कने क्रममा सम्पर्कविहीन बनेकी बालिकाको शव खन्युको फेदमा पासो चुँडिएर खसेकोजस्तो अवस्थामा भेटिएको खोटाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) मञ्जिल मुकारुङले बताउनुभएको छ ।
मृतक बालिका महेन्द्रोदय मावि हलेसीमा कक्षा १० मा अध्ययनत थिइन् । यही माघ ३ गतेदेखि विद्यालयमा आयोजना हुने नगरस्तरीय भलिबल, फुटबल र नृत्य प्रतियोगिताको तयारीका लागि रञ्जिता गाउँकै साथीसँग विद्यालय पुगेकी थिइन् । प्रतियोगीताको तयारी सकेपछि उनी साथीसँगै दिउँसो साढे ३ बजेतिर घर फर्केकी थिइन् । साथीसँग छुटेपछि सम्पर्कविहीन बनेकी दाहालको शव पातलो सलको टुक्रा घाँटीमा र एक टुक्रा सल रुखको हाँगामा रहेको अवस्थामा भेटिएको महादेवस्थानका वडाध्यक्ष कमल गिरीले बताउनुभयो । ओठ, आँखा, घाँटीमा चोट देखिएकाले घटनालाई शङ्कास्पद मानिएको गिरीको भनाई छ । शवको पोस्टमार्टमपछि बालिकालाई ‘हत्या गरेर झुन्ड्याइएकोजस्तो बनाउन खोजिएको वा आफैँ झुन्डिएको’ विषय खुल्ने प्रहरीले जनाएको छ ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.