खैरहनीको बजेट र नीति तथा कार्यक्रम सार्वजनिक
खैरहनीको वजेट १ अर्व १ करोड,कृषि र पूर्वाधारलाई प्राथमिकता खैरहनी १० असार १० । चितवनको खैरहनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि बजेट ,निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रवार आयोजित एघारौं नगर सभमा मेयर शशीकुमार खनियाले नीति तथा कार्यक्रम र उपमेयर कविता उप्रेतीले बजेट प्रस्तुत गरेकी थिइन । सो नगरपालिकाले आगामी वर्षका लागि १ अर्व १ करोड १२ लाख ५१ हजार बराबरको बजेट सार्वजनिक गरेको हो । प्रस्तुत बजेटमा आन्तरीक आम्दानी १५ करोड ८ लाख संकलन हुने अनुमान छ । त्यस्तै जिल्ला समन्वय समितिबाट प्राप्त हुने सहयोग ५० लाख,संघीय सरकार सशर्त अनुदान ४ करोड ,संघीय सरकार समानिकरण…