रत्ननगरको मुटु टाँडी बजारमा सुकुल रेस्टुरेन्ट संचालनमा

चितवन । रत्ननगरको टाँडीमा शिव सिखर बहुउद्देश्यिय सहकारी संस्था लि।को ब्यवस्थापनमा “सुकुल रेष्टुरेन्ट” को सेवा सुरु भएको छ । शिव सिखर सहकारीले बचत तथा ऋण कारोबारसँगै गार्डेन मार्ट डिर्पाटमेन्टल स्टोर हुँदै सोही स्थानमा “सुकुल रेष्टुरेन्ट” को नामबाट रेष्टुरेन्टको सेवा पनि सुरु गरेको सहकारीकी टाँडी शाखा प्रमुख जुली टण्डन क्षेत्रीले रेडियो अर्पणलाई जानकारी दिइन् ।
उनले “सुकुल रेष्टुरेन्ट” भन्ने बित्तिकै भुइमा बसेर खाने भन्ने बुझिने जानकारी दिदैबिशेषतः रेष्टुरेन्टमा नेवारी परिकार अझ त्यसमा पनि चिकन तथा मटनबाट बनेका परिकारहरुको स्वाद लिन पाईने जानकारी दिइन् । उनले रेष्टुरेन्टमा टिपिकल नेपाली खाजा, खानाको परिकार पाईने जानकारी दिदै सबैलाई रेष्टुरेन्टमा एकपटक आएर सेवा लिन आग्रह पनि गरिन् ।
सो रेष्टुरेन्टको सुवारम्भ शुक्रबार रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कृष्ण श्रेष्ठले गरेका थिए । श्रेष्ठले शिव सिखर सहकारीले टाँडीमा आफ्नो शाखा बिस्तार गरैसँगै धेरै अवसर हरुसँगै नया नया सोचका साथ एकै ठाउँमा सबै सेवा सुविधा सहितको कार्य गर्दै अगाडी बढेकोमा धन्यवाद पनि ब्यक्त गरे ।

सहकारीका नारायणी क्षेत्रीय प्रवन्धक युवराज थापाको अध्यक्षतामा भएको सो कार्यक्रममा शिव सिखर एग्रो प्रा।लीका नारायणी क्षेत्रीय प्रवन्धक जोयस भट्टराई, चर्चित कलाकार कमल खत्री, मेलिना मैनाली, स्तब्द ब्याण्ड लगाएतको उपस्थिति रहेको थियो । सो कार्यक्रममा रेष्टुरेन्टको तर्फबाट दिपक श्रेष्ठले मन्तव्य राखेका थिए भने उद्धघाटन पछि चर्चित कलाकार कमल खत्री, मेलिना मैनाली र स्तब्द ब्याण्डको प्रस्तुती रहेको थियो । यसैबिच आज ९शनिवार० भने न्याटिभ ब्याण्डको प्रस्तुती रहने सहकारीकी टाँडी शाखा प्रमुख जुली भट्टले जानकारी दिइन् ।

By सञ्जय दवाडी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.