भद्रकाली युवा क्लबको रक्तदान सम्पन्न

रत्ननगर असार ५- चितवनको रत्ननगरमा रहेको भद्रकाली युवा क्लबले आयोजना गरेको बृहत रक्तदान कार्यक्रम आईतबार सम्पन्न भएको छ । चितवनका अस्पतालहरुमा देखिएको चरम रक्तअभावलाई मध्यनजर गर्दै क्लबले रक्तदान कार्यक्रम आयोजना गरेको हो । रत्ननगर १६ को भद्रकाली मन्दिर परिसरमा आयोजित कार्यक्रममा ५० जनाले रक्तदान गरेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि समेत रहेका वडाध्यक्ष हेमराज थापाले युवा क्लबले रक्तदान जस्तो पुण्य कार्य गरेकोमा प्रसन्नता व्यक्त गरे। रगत दानभन्दा ठुलो अरू दान हुन नसक्ने भन्दै उनले यस्ता रचनात्मक कार्यहरू सबै ठाउँमा गरिनु आवश्यक रहेको औँल्याए।

क्लबका अध्यक्ष निराजन घिमिरेले क्लबले रक्तदान लगायतका सामाजिक कार्यहरु गर्दै आइरेहेको र अस्पतालहरुमा रगत अभाव भइरहेको बेला आज रक्तदान कार्यक्रम आयोजना गरिएको बताए।

By सञ्जय दवाडी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.