रेडियो अर्पण

797 Posts
सर्वोच्चमा रास्वपाका सभापति लामिछानेविरुद्धको रिट दर्ता, भोलि नै पेशी

सर्वोच्चमा रास्वपाका सभापति लामिछानेविरुद्धको रिट दर्ता, भोलि नै पेशी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि राहदानी प्रकरणमा मुद्दा नचलाउने निर्णयविरुद्ध युवराज पौडेल (सफल) को रिट सर्वोच्चमा दर्ता भएको छ । युवराज सफलले महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध हिजो आइतबार पेश गरेको रिट आज सोमबार दर्ता भएको हो । रिटउपर पहिलो सुनुवाइका लागि भोलि पेशी तोकिएको छ । सफलले नै यसअघि लामिछानेको सांसद पदको योग्यतामा प्रश्न उठाउँदै रिट दायर गर्नुभएको थियो । उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले लामिछानेको सांसद पद खारेज गरेको थियो । चैत ६ गते महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध राहदानी दुरुपयोगमा मुद्दा चलाउनु नपर्ने निर्णय सदर गरेको थियो ।
Read More
चितवन क्षेत्र नम्बर २ मा तोकिए एक सय ३८ मतदान केन्द्र

चितवन क्षेत्र नम्बर २ मा तोकिए एक सय ३८ मतदान केन्द्र

चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि ४३ मतदान स्थल र एक सय ३८ मतदान केन्द्र तोकिएको छ । एक लाख २४ हजार छसय ९५ मतदाताका लागि सहज हुने गरी केन्द्रहरू तोकिएको निर्वाचन आयोगले जनाएको छ । सर्वोच्च अदालतले निर्वाचित प्रतिनिधि सभा सदस्य रबी लामिछानेको पद खारेज गरेसँगै वैशाख १० गते उप निर्वाचन हुन लागेको हो । उप निर्वाचनमा आज(सोमबार) उम्मेदवारी दर्ताको कार्यक्रम छ । आज बिहान १० बजेबाट बेलुकी पाँच बजे सम्म उम्मेदवारी दर्ताको कार्यक्रम रहेसँगै विभिन्न दलका नेताको चहलपहल देखिएको छ । यो क्षेत्रमा अहिले उम्मेदवारका लागि नेपाली काँग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पाटी लगायतका पार्टीहरूले आ–आफ्ना…
Read More
चितवन–२ मा रवि लामिछानेले दर्ता गरे उम्मेदवारी

चितवन–२ मा रवि लामिछानेले दर्ता गरे उम्मेदवारी

चितवन निर्वाचन क्षेत्र नम्बर–२ को प्रतिनिधि सभा सदस्यका लागि रवि लामिछानेले उम्मेदवारी दर्ता गराउनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहनुभएका लामिछानेले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सुरुमै उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाँको प्रस्ताबक सिता ज्ञवाली र समर्थक बिक्रम श्रेष्ठ रहनुभएको छ । लामिछानेले दिउँसो १ बजे उम्मेदवारी दर्ताको समय लिएको भए पनि तनहुँ जाने कार्यक्रम रहेकोले बिहानै उम्मेदवारी दर्ता गराउनुभएको हो । । यस्तै, कांग्रेसले दिउँसो २ बजे, एमाले दिउँसो ३ बजे र राप्रपाले अपराह्न ४ बजे उम्मेदवारी दर्ता गर्ने तय भएको छ । यसअघिको निर्वाचनमा भारी मतान्तरले विजयी हुनुभएका लामिछाने नागरिकता विवादमा सर्वोच्चले गरेको फैसलापछि पदमुक्त हुनुभएको थियो…
Read More
चितवन र तनहुँमा कांग्रेसलाई सघाएको एकीकृत समाजवादीले बारामा जसपालाई सघाउने

चितवन र तनहुँमा कांग्रेसलाई सघाएको एकीकृत समाजवादीले बारामा जसपालाई सघाउने

नेकपा एकीकृत समाजवादी पार्टीले उपनिर्वाचनमा उम्मेदवार नउठाउने भएको छ । उक्त पार्टीले तनहुँ १ र चितवन २ मा कांग्रेसका उम्मेदवारलाई सघाउने भएको छ भने बारामा जसपा उम्मेदवारलाई सघाउने भएको हो । सत्ता साझेदार दलका उम्मेदवारलाई सहयोग गर्नुपर्ने भएकाले पार्टीको उम्मेदवार नउठाएको एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।
Read More
चितवनमा ग्यास ट्यांकर दुर्घटना हुदाँ एक जनाको मृत्यु

चितवनमा ग्यास ट्यांकर दुर्घटना हुदाँ एक जनाको मृत्यु

चितवनमा एलपी ग्यास लोड गरेको ट्यांकर पल्टिँदा एक जनाको मृत्यु भएको छ । पृथ्वी राजमार्ग अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका ४ लेवाटारमा आज बिहान ६ बजेतिर ट्यांकर पल्टिँदा एक जना पुरुषको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मुग्लिनबाट काठमाडौंतर्फ गइरहेको युपी ७० डिटी ६०५५ नम्बरको भारतीय ट्यांकर अनियन्त्रित भई सडक छेउमा पल्टिएको हो । मृतकको नाम ठेगाना खुलेको छैन । दुर्घटनामा परि अर्का एक जना गम्भीर घाइते भएका छन् । उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
Read More
रास्वपाका सभापति लामिछानेमाथि राहदानी मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट

रास्वपाका सभापति लामिछानेमाथि राहदानी मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि राहदानी प्रकरणमा मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट पेस गरिएको छ । रिट दर्ता गर्ने–नगर्ने विषयमा सर्वोच्च प्रशासनले अध्ययन गरिरहेको अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिनुभयो । आज आइतबार अधिवक्ता युवराज पौडेल (सफल)ले महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध रिट पेस गर्नुभएको हो । पौडेलले नै यसअघि लामिछानेको सांसद पदको योग्यतामा प्रश्न उठाउँदै रिट दायर गर्नुभएको थियो । सांसद पदको योग्यतासम्बन्धी मुद्दा भने टुंगिइसकेको छ । यही चैत ६ गते महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध मुद्दा चलाउनु नपर्ने निर्णय सदर गरेको थियो । त्यसअघि, प्रहरी, सरकारी वकिल कार्यालयले उहाँविरुद्ध राहदानी प्रकरणमा मुद्दा नचलाउने निर्णय गरेका थिए ।प्रहरीले छानबिनपश्चात्…
Read More
राप्रपाले टुङ्ग्यायो उपनिर्वाचन हुने तीनवटै क्षेत्रमा उम्मेदवार

राप्रपाले टुङ्ग्यायो उपनिर्वाचन हुने तीनवटै क्षेत्रमा उम्मेदवार

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपनिर्वाचनका लागि तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवार चयन गरेको छ । राप्रपा संसदीय समितिको निर्णयअनुसार तनहुँ १ मा शोभा गुरुङ, बारा २ मा सोनेलाल शाह र चितवन २ मा जीवलाल पुरीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि मुख्य दलहरूले उम्मेदवार ढुंगो लगाइसकेका छन् ।
Read More
काँग्रेस चितवनका पूर्वसभापति कोइरालामाथिको कारबाही फुकुवा

काँग्रेस चितवनका पूर्वसभापति कोइरालामाथिको कारबाही फुकुवा

नेपाली कांग्रेसले चितवन जिल्लाका पूर्वसभापति विकास कोइरालामाथिको अनुशासनको कारबाही फुकुवा गरेको छ । उपचुनावलाई लक्षित गरेर पार्टीले कारबाही फुकुवा गरेको हो । यस्तै पूर्वसहमहामन्त्री गोविन्दराज जोशीको पनि कारवाही फुकुवा गरिएको छ । तनहुँ १ मा दुईपटक स्वतन्त्र उम्मेदवार बन्नुभएका जोशी र चितवनको तत्कालीन क्षेत्र नम्बर ४ मा स्वतन्त्र उम्मेदवार बन्नुभएका नेका कोइरालालाई पार्टीले कारवाही गरको थियो । ७० को संविधानसभा चुनावमा सुशील कोइरालाविरुद्ध बागी उठ्नुभएका विकास कोइराला त्यसताका पार्टी सभापतिसमेत हुनुहुन्थ्यो । कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको आज आइतबार बसेको बैठकले २०७९अघि कारबाहीमा परेकालाई आममाफी दिने निर्णयबाट जोशी र कोइरालाको कारबाही फुकुवा भएको हो । तत्कालीन पार्टी सभापति सुशील कोइरालाविरुद्ध…
Read More
बाँकेका ५७ हजार सुकुम्वासीले अझै पाएनन् लालपुर्जा

बाँकेका ५७ हजार सुकुम्वासीले अझै पाएनन् लालपुर्जा

बाँकेका भूमिहीन, दलित सुकुम्वासीहरूले अहिलेसम्म लालपुर्जा पाउन नसकेको गुनासो गरेका छन् । बाँकेका भूमिहीन, दलित सुकुम्वासी र अव्यवस्थित बसोबास गर्ने करिब ५७ हजार सुकुम्वासीले अहिलेसम्म लालपुर्जा पाउन नसकेको गुनासो गरेका हुन् । वन ऐनका कारण राष्ट्रिय भूमि आयोगले भूमिहीन, दलित सुकुम्वासी र अव्यवस्थित सुकुम्वासीहरूलाई जग्गाको लालपुर्जा वितरण गर्न ढिलाइ भएको जनाएको छ । जग्गा र जग्गाको लालपुर्जा पाउनका लागि सडक आन्दोलन गर्दा समेत सरकारले वास्ता नगरेको गुनासो उनीहरुको छ । वर्षौंदेखि बसोबास गर्दै आएका तर लालपुर्जा नपाएका कारणले घरायासी काम लगायत बालबालिकाहरूको शिक्षामा समेत प्रत्यक्ष असर परेको खजुरा गाँउपालिका–६ बस्ने घनसारा थारा मगरले बताउनभयो । चुनावको बेला सुकुम्वासीहरूलाई भोट बैंकको…
Read More
कांग्रेसले बारा २ को उपचुनावमा जसपाका अध्यक्ष यादवलाई समर्थन गर्ने

कांग्रेसले बारा २ को उपचुनावमा जसपाका अध्यक्ष यादवलाई समर्थन गर्ने

नेपाली कांग्रेसले बारा निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनका साझा उम्मेदवारको रूपमा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने निर्णय गरेको छ । आज आइतवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बारा निर्वाचन क्षेत्र नम्बर २ को उपचुनावमा सत्ता गठबन्धनको साझा उम्मेदवारका रूपमा जसपा अध्यक्ष यादवलाई समर्थन गर्ने निर्णय गरेको हो । बैठकमा २०७९ को चुनावभन्दा पहिला पार्टीको अनुशासनको कारबाहीमा परेका उपचुनाव हुने तीन क्षेत्रका नेताहरूलाई पुरानै क्रियाशील सदस्यताको निरन्तरता हुने गरी कारबाही फुकुवा गर्ने निर्णय भएको पार्टीका सहमहामन्त्री बद्रिप्रसाद पाण्डेले जानकारी दिनुभयो । उहाँले २०७९ को चुनाव बेलाको हकमा भने उपचुनावमा नेताहरूले खेलेको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.