रेडियो अर्पण

797 Posts
शिक्षा बिना महानगरको विकास असम्भव ःउप प्रमुख अधिकारी

शिक्षा बिना महानगरको विकास असम्भव ःउप प्रमुख अधिकारी

भरतपुर महानगर उप प्रमुख चित्रसेन अधिकारीले भरतपुर महानगरपालिकालाइ शैक्षिक रुपमा बिकास गर्नुपर्ने बताउनु भएको छ । आजको २१ औ शताब्दीमा शिक्षा बिना महानगरको बिकास सम्भब नभएको बताउँदै उप प्रमुख अधिकारीले आजको आबश्यकता भरतपुर महानगरलाइ शैक्षिक गन्तव्यकै रुपमा बिकास गर्नु हो । नारायणी नमूना मा बि भरतपुर १० को हिरक महोत्सव २०७९ अन्तर्गतको सप्ताह ब्यापी कार्यक्रम तथा अभिभावक रेखदेख तथा प्रतिबद्धता कार्यक्रमलाई भरतपुरमा सम्बोधन गर्नु हुँदै उप प्रमुखले अन्यत्र जिल्लाहरुबाट अध्ययन गर्न काठमाडौ पोखरा गए जस्तै भरतपुरलाई पनि शैक्षिक गन्तव्यको रुपमा बिकास गर्नु पर्नेमा बिशेष जोड दिनुभयो । चितवनको शैक्षिक इतिहासको शाखलाइ नारायणी नमूना मा बि ले बचाएको छ, नारायणी नमूना…
Read More
सडक र पुल अलपत्र पारेपछि माडीका युवाले टाँसे ‘ठेकेदार हराएको सूचना’

सडक र पुल अलपत्र पारेपछि माडीका युवाले टाँसे ‘ठेकेदार हराएको सूचना’

माडी नगरपालिकाको मुख्य सडक स्तरोन्नतीको काम लामो समयदेखि अलपत्र परेपछि स्थानीयहरु आजित भएका छन् । सडकको धुलोले स्थानीय जनता रोगी भएका छन् भने सास्ती उस्तै पाएका छन् । सडक र पुल निर्माणको कामलाई अलपत्र पारेपछि माडीका युवाले ‘ठेकेदार हराएको सूचना’ टाँस्ने काम सुरु गरेका छन् । माडीको ७.७ किलोमिटर सडक स्तरोन्नत्ति गर्न २०७६ सालको पुसमा सम्झौता भएको थियो । ३३ करोड रूपैयाँ खर्च हुने सो काम गएको वैशाखमा सकिनु पर्ने सम्झौतामा उल्लेख छ । तर हालसम्म सडकको १० प्रतिशतका हाराहारीमा मात्रै काम भएको हुलाकी सडक आयोजना वीरगन्ज कार्यालयका सूचना अधिकारी इन्जिनियर दुर्गा मण्डलले बताउनुभयो । निकुञ्ज आडबाट सडक गएको छ…
Read More
विद्यार्थीलाई दुव्र्यवहार गरेको आरोपमा गैँडाकोटका तीन शिक्षक पक्राउ

विद्यार्थीलाई दुव्र्यवहार गरेको आरोपमा गैँडाकोटका तीन शिक्षक पक्राउ

विद्यालयले आयोजना गरेको पिकनिकमा मदिरा सेवन गरेर विद्यार्थीलाई दुव्र्यवहार गरेको आरोपमा प्रहरीले गैँडाकोटका तीन शिक्षकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गैँडाकोटको विजय आधारभूत विद्यालयका प्रधानाध्यापक कृष्ण सापकोटा, कुमार सापकोटा र मदन भट्टराई रहेका छन् । उनीहरू गत शनिबार दिउँसो चितवनको कंकाली सामुदायिक वनमा विद्यार्थीसहित पिकनिक गर्न गएका थिए । पिकनिकमा मदिरा सेवन गरेर विद्यार्थीहरूलाई दुव्र्यवहार गरेको उनीहरूमाथि अभिभावकहरूको अभियोग छ । पिकनिकमा शिक्षक र विद्यालय व्यस्थापन समितिका सदस्यहरूसमेत गरी ४० जना सहभागी थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलकप्रसाद सापकोटाले विद्यार्थी र अभिभावकको गुनासोका आधारमा प्रहरीले ती शिक्षकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
Read More
रानी नाकाबाट एकसय ३१ महिला तथा बालिकाको उद्धार

रानी नाकाबाट एकसय ३१ महिला तथा बालिकाको उद्धार

एक वर्षको अवधिमा विराटनगरको रानी नाकाबाट एकसय ३१ महिला तथा बालिकालाई उद्धार गरिएको छ । भारततर्फ बेचबिखनका लागि लग्दै गरेको अवस्थामा उद्धार गरी अभिभावकलाई जिम्मा लगाएको गैरसरकारी संस्था माइती नेपालले जनाएको छ । माइती नेपाल मोरङका कार्यक्रम संयोजक विनोद पोखरेलका अनुसार सन् २०२२ देखि हालसम्म उद्धार गरिएकामध्ये १८ देखि ६० वर्ष उमेरसम्मका ८९ र १२ देखि १८ वर्षमुनि उमेरका ४२ छन् । सबभन्दा बढी मोरङका ३६, सुनसरीका २१, झापाका १५, काठमाडौंका नौ, उदयपुरका सात, धनकुटा, इलाम, भोजपुरका पाँच÷पाँच, संखुवासभाका चार, सप्तरी, तेह्रथुम, ताप्लेजुङ, खोटाङ, लमजुङ, सिन्धुलीका दुई÷दुई जना रहेका छन् । यस्तै, कैलाली, धनुषा, कपिलवस्तु, काभ्रेपलाञ्चोक, सर्लाही, सिरहा, गोर्खाका १÷१ र…
Read More
मनकामना केबलकार अकस्मात् बन्द ः डिब्बाभित्रै थुनिएका यात्रुको आधा घन्टापछि गरियो उद्धार

मनकामना केबलकार अकस्मात् बन्द ः डिब्बाभित्रै थुनिएका यात्रुको आधा घन्टापछि गरियो उद्धार

मनकामना केबलकारमा प्राविधिक समस्या आएको छ । जसको कारण केबलकार सेवा अनिश्चितकालका लागि बन्द भएको छ । आइतबार साँझ ७ बजे केबलकार सञ्चालनमा अकस्मात् अवरोध आएको हो । केबलकार व्यवस्थापन पक्षका अनुसार कारका डिब्बाहरु चल्न सहयोग गर्ने मुख्य यन्त्र प्यानल मोटर नै बिग्रिएपछि सेवा तत्कालका लागि प्रभावित भएको हो । आइतबार राति अकस्मात् बन्द हुँदा कारभित्रै थुनिएका यात्रुको हाइड्रोलिक मोटर प्रयोग गरी पुनः सञ्चालनमा ल्याई आधा घण्टाको अन्तरालमा उद्धार गरिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिनुभयो । झन्डै तीनसय मानिसहरु मनकामनाबाट तल झर्न बाँकी हुँदा समस्या आएको बताइएको छ । बिहान ७ बजेबाट सञ्चालनमा आएको केबलकार बेलुकी…
Read More
कुखुरापालन व्यवसाय जोगाउन निजी क्षेत्रको सक्रियता

कुखुरापालन व्यवसाय जोगाउन निजी क्षेत्रको सक्रियता

देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको कुखुरापालन व्यवसाय बचाउन निजी क्षेत्रले सक्रियता बढाएको छ । व्यवसाय धरासायी बन्ने अवस्थामा पुगेपछि व्यवसायीले सक्रियता देखाएका हुन् । अण्डा, मासु र चल्लाको मूल्य लागतभन्दा निकै सस्तोमा बिक्री गर्नु परेपछि अधिकांश व्यवसायी धरासायी अवस्थामा पुगेका छन् । धेरैले बैंकको ऋण तिर्न सकेका छैनन् भने कतिपयको व्यवसाय नै बन्द भएको छ । बैंकहरुले लिलामीको सूचना निकाल्ने क्रम समेत सुरु भएको छ । दुई वर्षयता बढेको कच्चा पदार्थको मूल्य र बैंकको ब्याजदरले यो व्यवसायलाई असर पारेको हो । उत्पादित वस्तुले लागत मूल्य नपाएपछि व्यवसायमा समस्या देखापरेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार…
Read More
सुनचाँदी व्यवसायी महिला समूह चितवनको अध्यक्षमा शान्ता थापा विक

सुनचाँदी व्यवसायी महिला समूह चितवनको अध्यक्षमा शान्ता थापा विक

सुनचाँदी व्यवसायी महिला समूह चितवनको अध्यक्षमा शान्ता थापा विक सर्वसम्मत रूपमा चयन हुनुभएको छ । सुनचाँदी व्यवसायी महिला समूह चितवनको हिजो सोमबार सम्पन्न १० औं वार्षिक साधारण सभा तथा चौंथो अधिवेशनबाट अध्यक्ष थापा चयन हुनुभएको हो । थापाको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत घोषणा भएको छ । समितिमा निवर्तमान अध्यक्ष रूपा बराली पदेन रहने गरी वरिष्ठ उपाध्यक्षमा कल्पना गोतामे, उपाध्यक्षहरुमा सरिता भट्टराई घताने, यशोदा सेन्चुरी, महासचिवमा सिता सदाशंकर, प्रवक्तामा मिना घिमिरे, सचिवमा मञ्जु घताने विश्वकर्मा, कोषाध्यक्षमा विष्णु खाती, सहकोषाध्यक्षमा जुना सुनार, कार्यसमिति सदस्यहरूमा शारदा बराली, गंगा रामदाम सुनार, रचना सेन्चुरी, मना बराली, जमुना सेन्चुरी, मिना शाक्य, धनु पोखरेल, आशा…
Read More
सौराहालाई बाढीबाट जोगाउन छ करोड बढी लगानीमा आधुनिक ड्याक निर्माण गरिँदै

सौराहालाई बाढीबाट जोगाउन छ करोड बढी लगानीमा आधुनिक ड्याक निर्माण गरिँदै

चितवनको पर्यटकीय नगरी सौराहालाई बाढीबाट जोगाउन आधुनिक ड्याक निर्माणको काम भइरहेको छ । छ करोड ९८ लाखको लगानीमा दुईसय ८० मिटर ड्याक निर्माणको काम सुरु गरिएको हो । निर्माणको काम अहिलेसम्म ८५ प्रतिशत काम सम्पन्न भएको छ भने अबको १५ दिनभित्र बाँकी १५ मिटरको काम सकिने केबीसी बिल्डर्स कम्पनी प्रालिले जनाएको छ । रत्ननगरका मेयर प्रल्हाद सापकोटाले मुलुकको तेस्रो पर्यटकीय गन्तव्य सौराहालाई जोगाउन आधुनिक प्रविधिको ड्याक निर्माण गरिएको बताउनुभएको छ । लम्बाइ थोरै भएपनि राप्तीले कटान गर्ने ठाउँलाई जोगाउने गरी काम गरिएकोले अब कम्तीमा ५० वर्ष सौराहामा बाढी नपस्ने बताइएको छ । हरेक वर्ष असार र साउनमा व्यवसायीहरुको कारूणिक अवस्था…
Read More
वागमती प्रदेशको दोस्रो प्रदेश खेलकुद आउँदो चैतमा

वागमती प्रदेशको दोस्रो प्रदेश खेलकुद आउँदो चैतमा

वागमती प्रदेश खेलकुद परिषदले दोस्रो संस्कणको बृहत प्रदेश खेलकुद अब आउँदो चैत २४ देखि ३० गतेसम्म आयोजना गर्ने भएको छ । हिजो विहीबार बसेको परिषद बोर्ड बैठकमा विज्ञहरुसमेतको राय लिएर प्रदेश खेलकुदको मिति निर्धारण गरिएको हो । पहिलो संस्करणको तुलनामा समावेश खेल संख्या पनि बढाइएको बताइएको छ । दोस्रो संस्करणका लागि उसु, जुडो, आईटीएफ तेक्वान्दो र पौडी छन् । पौडीको जिल्लागत प्रतिस्पर्धा नगराइ सिधै प्रतियोगितामा खुला प्रतिस्पर्धा गराइने भएको छ । अघिल्लो वर्ष फागुन २८ गतेदेखि १० दिनसम्म चलेको प्रतियोगितामा आठ खेल समावेश भएका थिए । त्यतिबेला खेलाइएको तेक्वान्दो, एथलेटिक्स, कराँते, बक्सिङ, फुटबल, क्रिकेट, ब्याडमिन्टन र भलिबललाई यसपटक पनि निरन्तरता…
Read More
बागमती प्रदेशका नवनिर्वाचित सांसदहरूको शपथ आउँदो बुधवार

बागमती प्रदेशका नवनिर्वाचित सांसदहरूको शपथ आउँदो बुधवार

बागमती प्रदेश सभाका नवनिर्वाचत सदस्यको शपथग्रहण कार्यक्रम अब आउँदो पुस १४ गते बिहिवार हुने भएको छ । आज शुक्रबार बागमती प्रदेश सचिवालयमा बसेको सर्वदलीय बैठकले सदस्यहरूको शपथग्रहण १४ गतेका लागि तय गरेको हो । उक्त बैठकले प्रदेश सभाको दोस्रो कार्यकालका लागि निर्वाचित भएका सांसदहरूको शपथग्रहणको मिति र ज्येष्ठ सदस्यको नामको विषयमा निर्णय गरेको छ । प्रदेश सभा सदस्यहरूको शपथअघि पुस १३ गते बुधवार ज्येष्ठ सदस्यलाई शपथग्रहण गराइनेछ । ज्येष्ठ सदस्यलाई प्रदेश प्रमुखले शपथ गराउने संवैधानिक व्यवस्था रहेको छ । ज्येष्ठ सदस्यको शपथपश्चात् बाँकी सांसदहरूलाई शपथग्रहण गराइने बताइएको छ । नुवाकोटबाट निर्वाचित माओवादी केन्द्रका सांसद रामप्रसाद ढुंगाना ज्येष्ठ सदस्यको रूपमा पहिचान…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.