शिक्षा बिना महानगरको विकास असम्भव ःउप प्रमुख अधिकारी

भरतपुर महानगर उप प्रमुख चित्रसेन अधिकारीले भरतपुर महानगरपालिकालाइ शैक्षिक रुपमा बिकास गर्नुपर्ने बताउनु भएको छ । आजको २१ औ शताब्दीमा शिक्षा बिना महानगरको बिकास सम्भब नभएको बताउँदै उप प्रमुख अधिकारीले आजको आबश्यकता भरतपुर महानगरलाइ शैक्षिक गन्तव्यकै रुपमा बिकास गर्नु हो ।
नारायणी नमूना मा बि भरतपुर १० को हिरक महोत्सव २०७९ अन्तर्गतको सप्ताह ब्यापी कार्यक्रम तथा अभिभावक रेखदेख तथा प्रतिबद्धता कार्यक्रमलाई भरतपुरमा सम्बोधन गर्नु हुँदै उप प्रमुखले अन्यत्र जिल्लाहरुबाट अध्ययन गर्न काठमाडौ पोखरा गए जस्तै भरतपुरलाई पनि शैक्षिक गन्तव्यको रुपमा बिकास गर्नु पर्नेमा बिशेष जोड दिनुभयो ।
चितवनको शैक्षिक इतिहासको शाखलाइ नारायणी नमूना मा बि ले बचाएको छ, नारायणी नमूना मा बि जिल्लाकै उत्कृष्ट र गर्बिलो नमूना मा बि भएको पनि उहाँको टिप्पणी रहेको थियो ।

बिद्यालयमा हाल तीनहजार पाँच सय विद्यार्थीहरु अध्ययनरत छन । कार्यक्रममा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष टेक बहादुर थापा,बिद्यालयका प्रध्यानाध्यापक पुर्ण प्रसाद दवाडी लगायतले मन्तव्य राख्नु भएको थियोे । यहि पौष ६ गते बाट शुरु भएको कार्यक्रम १६ गते समापन हुँदै छ ।
यसैबीच भरतपुर महानगरका उप प्रमुख चित्रसेन अधिकारीले सामुदायिक बिद्यालयहरु समाजका ऐना भएको बताउनु भएको छ । सामुदायिक बिद्यालय समाजका गहना हुन,यी हाम्रा गहनाहरुलाइ जोगाइ राख्नु तपाईं हामी सबै दायित्व हो उप प्रमुखको भनाइ छ ।
राष्ट्रिय आधारभूत बिद्यालय सानो यज्ञपुरि भरतपुर ४ को ६० औ बार्षिकोत्सब तथा अभिभावक दिवस समारोहलाई मंगलबार सम्बोधन गर्नु हुँदै उप प्रमुख अधिकारीले शिक्षा र स्वास्थ्य सगँसँगै भरतपुर महानगरलाइ देशकै उत्कृष्ट महानगर बनाउने अभियानमा आफू कहि कतै नचुक्ने पनि अठोट गर्नु भयो । अभिभावक दिवसमा मात्रै स्कुललाई सम्झना गर्ने परिपाटी कै कारण सामुदायिक बिद्यालयहरुको अवस्था दिनानुदिन दयनीय बन्दै गएको प्रती उप प्रमुखले चिन्ता समेत व्यक्त गर्नुभयो । विद्यालयको शैक्षिक उन्नति र स्तरोन्नतिका लागि महानगर सहयोग गर्न तयार रहेको पनि उहाँको भनाइ रहेको थियो ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.