एसईईमा सी ग्रेड नपाएका विद्यार्थीले सोही विषयमा मात्रै परीक्षा दिन पाउने
२०७९ सालको माध्यामिक शिक्षा परीक्षामा (एसईई) मा ‘सी प्लस’ ग्रेड प्राप्त गर्न नसकेका विद्यार्थीहरुले सोही विषयमा मात्र परीक्षा दिन पाउने भएका छन् । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले सूचना जारी गर्दै कक्षागत वैशाखमा सञ्चालन भएको एसईई परीक्षामा सी वा सी भन्दा कम ग्रेड प्राप्त गरी भदौ ११ र १२ गतेको पूरक (ग्रेड वृद्धि) परीक्षामा सम्मिलिन भएका र कम्तीमा सी ग्रेड प्राप्त गर्न नसकेका विद्यार्थीहरुले सोही विषयमा मात्र परीक्षा दिन पाउने स्पष्ट पारेको हो । विद्यार्थीहरुलाई सोही अनुसार फाराम भराउन सबै शिक्षा प्रदेश परीक्षा व्यवस्थापन कार्यालय र शाखा कार्यालय सबै, शिक्षा विकास तथा समन्वय इकाइलाई परीक्षा नियन्त्रण कार्यालयले अनुरोध गरेको…