रेडियो अर्पण

797 Posts
सरकारको आम्दानी भन्दा खर्च बढी, भयो ७८ अर्ब घाटा

सरकारको आम्दानी भन्दा खर्च बढी, भयो ७८ अर्ब घाटा

चालु आर्थिक वर्ष (आव) २०७९÷८० को प्रारम्भबाटै सरकारको हिसाब किताब चापमा छ । यो श्रृङ्खलामा चालु आवको पाँचौं महिनासम्म पुग्दा समेत जारी छ । मंसिर मसान्तसम्म सरकारले तीन खर्ब ५७ अर्ब ८२ करोड रुपैयाँ राजस्व संकलन र अन्य आम्दानी गर्दा चार खर्ब ३५ अर्ब २१ करोड रुपैयाँ खर्च गरेको छ । सरकारको सोहि हिसाब–किताव अनुसार आम्दानी भन्दा खर्च बढि देखिएको छ । जसमा ८९ अर्ब रुपैयाँ घाटा भइरहेको छ । यहि घाटा दोहोरिदै जाने हो भने सरकारलाई आगामी दिनमास्रोत जुटाउन हम्मेहम्मे पर्ने देखिएको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार मंसिर मसान्तसम्म सरकारले लक्ष्यको २३.३ प्रतिशत मात्र राजस्व संकलन गर्न सकेको…
Read More
काठ बरामद प्रकरण ः काठ जस्ताको तस्तै फिर्ता नगरे आन्दोलन गर्ने जलदेवी वनको चेतावनी

काठ बरामद प्रकरण ः काठ जस्ताको तस्तै फिर्ता नगरे आन्दोलन गर्ने जलदेवी वनको चेतावनी

भरतपुर महानगरपालिकाको आँपटारीस्थित जलदेवी सामुदायिक वनबाट डिभिजन वन कार्यालयले काठ लगेपछि सामुदायिक वन समितिले तत्काल उक्त काठ फिर्ता गर्न माग गरेको छ । हिजो बिहीबार भएको पत्रकार सम्मेलनमा वन कार्यालयले पार्क क्षेत्रमा ढिकी, जाँतो, रोटे पिङलगायतका नेपाली मौलिक संरचना निर्माण गर्न हावाहुरीले भाँचेको हाँगाबाट निस्किएको काठ राख्दा डिभिजन वनले लगेको भन्दै त्यसलाई जस्ताको तस्तै फिर्ता गर्न र नगरे आन्दोलन गर्ने चेतावनी समेत दिएको छ । गत साउनको अन्तिममा वन समितिको बैठकले निर्णय गरेर आवश्यक कानुनी प्रक्रिया पु¥याई आवश्यक प्रयोजनका लागि भनेर राखेको ४८ क्युफिट काठ सांसद्ले भनेको भरमा डिभिजन वन कार्यालयले निकालेर लैजान नमिल्ने सामुदायिक वनका अध्यक्ष माधव देवकोटाले बताउनुभयो…
Read More
चितवन लगायत देशभर चिसो बढ्यो, जनजीवन कष्टकर

चितवन लगायत देशभर चिसो बढ्यो, जनजीवन कष्टकर

चितवन लगायत देशभर चिसो बढेको छ । चिसो बढेसँगै जनजीवन कष्टकर बन्दै गएको छ । तराईका जिल्लामा बाक्लो हुस्सु लाग्न थालेको छ । जाडोको मुख्य महिना पुस आजदेखि सुरु भएको छ । हिजो बिहीबार चितवनको तापक्रम १३ डिग्रीमा झरेको थियो । स्वास्थ्य मन्त्रालयले मुलुकभर चिसो बढ्दै गएकोले सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । केही दिनदेखि चिसो बढ्दै गएपछि ज्येष्ठ नागरिक, दीर्घरोगी, बालबालिका र गर्भवती महिला विशेष सावधान अपनाउन मन्त्रालयले आग्रह गरेका हो । जाडो महिनामा केही रोगको प्रकोप बढ्ने भएकोले सर्तकता अपनाउनुपर्ने मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले बताउनुभयो । चिसोबाट बच्न न्यायो लुगा लगाउन, टाउको र छातीलाई चिसोबाट जोगाउन…
Read More
चितवनमा सवारी लाइसेन्स ः खुल्यो आर्थिक प्रस्तावको फाइल

चितवनमा सवारी लाइसेन्स ः खुल्यो आर्थिक प्रस्तावको फाइल

चितवनमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरणको लागि बाँकी प्रक्रिया अघि बढेको छ । अख्तियारमा रोकिएको फाइल यातायात कार्यालय भरतपुरमा आएसँगै आज (शुक्रबार) आर्थिक प्रस्तावको फाइल खोलिएको छ । जिल्ला प्रशासन कार्यालयमा आर्थिक प्रस्ताव पेश गर्ने महालक्ष्मी ट्रायल सेन्टर र सद्गुरुका प्रतिनिधि समेतको उपस्थितीमा फाइल खोलिएको हो । अब आर्थिक प्रस्ताव मूल्याकंन समितिको बैठक बसेर दुईमध्ये एक ट्रायल सेन्टरलाई लाइसेन्सको प्रयोगात्मक परीक्षा स्थलका रुपमा छनौट गर्ने यातायात कार्यालय चितवनले जनाएको छ । आर्थिक प्रस्तावको फाइल खोलेको १५ दिनभित्र मूल्यांकन समितिको बैठक बस्नुपर्ने कानुनी व्यवस्था छ । समितिले कुनै एउटा ट्रायल सेन्टर छनौट गरेपछि आशयको सूचना प्रकाशित गर्छ । यसमा कार्यालयले…
Read More
चितवन राष्ट्रिय निकुञ्जभित्र पाँच महिनामा मरे ५४ वन्यजन्तु

चितवन राष्ट्रिय निकुञ्जभित्र पाँच महिनामा मरे ५४ वन्यजन्तु

चितवन राष्ट्रिय निकुञ्जभित्र पाँच महिनामा ५४ वन्यजन्तु मरेका छन् । गत साउनयता मरेका ५४ वन्यजन्तुमध्ये प्राकृतिक कारण २७ र कुकुरको आक्रमणबाट २१ वन्यजन्तु मरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । जुधेर, सडक दुर्घटनामा परेर, विद्युत् करेन्ट लागेर, दलदलमा परेर, अन्य कारणले दुई जनावर मरेका छन् । मर्नेमा सबैभन्दा धेरै चित्तल रहेका छन् । पाँच महिनाको अवधिमा ३२ चित्तल मरेको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ । तीमध्ये प्राकृतिक कारणले १०, कुकुरको आक्रमणमा परी २०, दलदलमा परेर र सडक दुर्घटनामा परी एक÷एक क्षेत्रभित्र पाँच गैँडा मरेका छन् । तीन प्राकृतिक कारणले मरेका छन् भने जुधेर र करेन्ट लागेर एक÷एक गैँडा मरेका…
Read More
महिला आयोगमा मानसिक हिंसाको उजुरी दर्ता सबैभन्दा बढी

महिला आयोगमा मानसिक हिंसाको उजुरी दर्ता सबैभन्दा बढी

राष्ट्रिय महिला आयोगमा चालु आर्थिक वर्षको चार महिनामा मानसिक हिंसासम्बन्धी सबैभन्दा धेरै उजुरी परेका छन् । आयोगद्वारा आयोजित कार्यक्रममा कुल उजुरीमध्ये ४२ प्रतिशत मानसिक हिंसासम्बन्धी उजुरी रहेको बताइएको छ । आयोगले दिएको जानकारी अनुसार आयोगमा गत साउनदेखि कात्तिकसम्म मानसिक हिंसासम्बन्धी तीन सय २५ (४२ प्रतिशत), आर्थिक हिंसासम्बन्धी दुई सय २४ (२९ प्रतिशत), शारीरिक हिंसासम्बन्धी एक सय ९८ (२६ प्रतिशत ) र यौनजन्य हिंसा २२ (३ प्रतिशत) दर्ता भएका छन् । केन्द्रमा मात्र सहज पहँुच हुनाले बागमती प्रदेशमा बढी उजुरी दर्ता भएको हुन सक्ने आयोगकी अध्यक्ष कमलाकुमारी पराजुलीले बताउनुभयो । आयोगमा ग्रामीण समुदायबाट पनि उजुरी दर्तामा होस् भनी सहज वातावरण सिर्जना…
Read More
भरतपुरका दुई सहित १० ठेकेदार कम्पनी कालोसूचीमा

भरतपुरका दुई सहित १० ठेकेदार कम्पनी कालोसूचीमा

सार्वजनिक खरिद अनुगमन कार्यालयले भरतपुरका दुई सहित १० ठेकेदार कम्पनी र तीन आपूर्तीकर्तालाई कालोसूचीमा राखेको छ । कालोसूचीमा परेका जम्मा १३ कम्पनीमध्ये दुई कम्पनीलाई तीन वर्ष, एक कम्पनीलाई दुई वर्ष र १० कम्पनीलाई एक वर्ष कालो सूचीमा राखिएको कार्यालयले जनाएको छ । भरतपुर महानगरपालिकाको आग्रहमा भरतपुर–१७ स्थित जन कन्स्ट्रक्सन प्रालिलाई एक वर्षको लागि कालोसूचीमा राखिएको छ । कन्स्ट्रक्सनको मुख्य व्यक्ति जनक गुरुङ भएको बताइएको छ । त्यस्तै, सडक डिभिजन भरतपुरको आग्रहमा लोहनी एण्ड सन्स कन्स्ट्रक्सन प्रालिलाई पनि एक वर्षको लागि कालोसूचीमा राखिएको छ । यसको मुख्य व्यक्तिहरु लेखनिधि लोहनी, अशोक लोहनी र दिपक ढकाल रहेका छन् । सिराहाको एक जेभीलाई…
Read More
समानुपातिकतर्फ प्रदेशसभा सदस्यमा दलित समुदायबाट २८ जना

समानुपातिकतर्फ प्रदेशसभा सदस्यमा दलित समुदायबाट २८ जना

सात प्रदेशमा दलित समुदायबाट समानुपातिकतर्फ २८ जना प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । निर्वाचन आयोगले गत बुधवार सार्वजनिक गरेको प्रदेशसभा समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित सदस्यको सूचिअनुसार प्रदेश नं १ मा नेकपा (एमाले) बाट कमला दर्नाल (तेह्रथुम), नेपाली कांग्रेसबाट सुनिताकुमारी गुरुङ (सुनसरी), नेकपा (माओवादी केन्द्र) बाट सपना दर्जी (सुनसरी) र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोपालबहादुर विश्वकर्मा (झापा) प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । त्यसैगरी मधेस प्रदेशमा कांग्रेसबाट सकुन्ती देवी (सर्लाही) र निलमकुमारी रजक (सप्तरी), एमालेबाट पलटीदेवी महरा (धनुषा), जनमत पार्टीबाट रञ्जुकुमारी मण्डल खंग (सप्तरी), जनता समाजवादी पार्टी नेपालबाट ललिता दास (सिरहा), माओवादी केन्द्रबाट शारदा दास पहाडी (धनुषा) र नेकपा (एकीकृत समाजवादी) बाट…
Read More
भरतपुरमा पुस ७ गतेदेखि  साना तथा ठुला सवारी साधन व्यवस्थापन हुने

भरतपुरमा पुस ७ गतेदेखि साना तथा ठुला सवारी साधन व्यवस्थापन हुने

भरतपुर महानगरपालिकाले साना तथा ठुला सवारी साधनलाई व्यवस्थापन गर्ने कार्य सुरु गरेको छ । हिजो बुधबार भरतपुर महानगरपालिकामा बसेको सरोकारवालाको बैठकले सवारी साधन व्यवस्थापन गर्न ५ वटा महत्वपूर्ण निर्णय गरी अब आउँदो पुस ७ गतेदेखि पूर्ण रुपमा कार्यान्वनमा ल्याउन लागेको हो । पछिल्लो समय बढदै गएको सहरीकरणसँगै सवारी साधन व्यवस्थापनमा समस्या देखिएसँगै भरतपुर महानगरपालिकाले तत्काल केन्द्रीय बस टर्मिनल र नारायणगढ बस पार्कमा अनिवार्य पार्किङको व्यवस्था गरेको छ । सवारी साधानको निर्णय अनुसार पूर्वबाट काठमाडौँ–पोखरा जाने यात्रुबहाक बस, मिनी बस, माईक्रो लगायतको भाडाको सवारी साधनहरुको पिक एण्ड ड्रप केन्द्रीय बसपार्कबाट बाईपास सडक प्रयोग गरी आँपटारीबाट बाहिरिनु पर्ने छ । पूर्वबाट पश्चिम…
Read More
भरतपुर महानगरपालिका र बिरेन्द्र बहुमुखी क्याम्पसबिच सहकार्य गर्ने मौखिक सहमति

भरतपुर महानगरपालिका र बिरेन्द्र बहुमुखी क्याम्पसबिच सहकार्य गर्ने मौखिक सहमति

बिरेन्द्र बहुमुखी क्याम्पसले आज बिहिवार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा भरतपुर महानगरपालिका र बिरेन्द्र बहुमुखी क्याम्पस बिच विभिन्न बिषयहरुमा सहकार्य गर्ने गरि मौखिक सहमति भएको छ । बिरेन्द्र बहुमुखी क्याम्पस र भरतपुर महानगरपालिका बिच भएको उक्त सहकार्य बिषयक अन्तरक्रिया कार्यक्रममा महानगर प्रमुख रेनु दाहाल, उप प्रमुख चित्रसेन अधिकारी, भरतपुर १० का अध्यक्ष परमेश्वर खनाल र क्याम्पसका तर्फबाट क्याम्पस प्रमुख दयाराम पौडेलका बिचमा विभिन्न बिषयहरुमा सहकार्य गर्ने गरि मौखिक सहमति भएको हो । आमनागरिकलाई स्थानीय सरकारको प्रत्याभूति हुने गरि भरतपुर महानगर र बिरेन्द्र बहुमुखी क्याम्पस एक आपसमा सहकार्य गरि स्मार्ट शिक्षाको पहुँचमा सबैलाई जोड्न सकिने गरि प्रक्रिया अगाडि बढाइने भएको छ ।…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.