चितवनमा सवारी लाइसेन्स ः खुल्यो आर्थिक प्रस्तावको फाइल

चितवनमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरणको लागि बाँकी प्रक्रिया अघि बढेको छ । अख्तियारमा रोकिएको फाइल यातायात कार्यालय भरतपुरमा आएसँगै आज (शुक्रबार) आर्थिक प्रस्तावको फाइल खोलिएको छ ।

जिल्ला प्रशासन कार्यालयमा आर्थिक प्रस्ताव पेश गर्ने महालक्ष्मी ट्रायल सेन्टर र सद्गुरुका प्रतिनिधि समेतको उपस्थितीमा फाइल खोलिएको हो । अब आर्थिक प्रस्ताव मूल्याकंन समितिको बैठक बसेर दुईमध्ये एक ट्रायल सेन्टरलाई लाइसेन्सको प्रयोगात्मक परीक्षा स्थलका रुपमा छनौट गर्ने यातायात कार्यालय चितवनले जनाएको छ ।
आर्थिक प्रस्तावको फाइल खोलेको १५ दिनभित्र मूल्यांकन समितिको बैठक बस्नुपर्ने कानुनी व्यवस्था छ ।
समितिले कुनै एउटा ट्रायल सेन्टर छनौट गरेपछि आशयको सूचना प्रकाशित गर्छ । यसमा कार्यालयले छनौट भएको ट्रायल सेन्टरको नाम सार्वजनिक गरी सम्झौताका लागि बोलाउँछ । स्रोतका अनुसार प्रयोगात्मक परीक्षा स्थलको रुपमा महालक्ष्मी ट्रायल सेन्टर छनौट हुने सम्भावना उच्च छ ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.