मगर संघ भरतपुर–२६ को भवन उद्घाटन
नेपाल मगर संघ भरतपुर महानगरपालिका वडा नम्बर–२६ ज्योतिनगरको हिजो शनिवार भवन उद्घाटन गरिएको छ । उक्त भवनको उद्घघाटन वडाध्यक्ष ज्ञानप्रसाद खनालले गर्नुभएको हो । सो अवसरमा बोल्दै खनालले वडाका तर्फबाट संघलाई निरन्तर सहयोग रहने बताउनुभयो । उहाँले बाँकी काम पुरा गर्न आवश्यक सहयोग र सहजिकरण गरिने जानकारी दिनुभयो । मगर संस्कृति संरक्षण र सम्बद्र्धनका लागि पनि प्राथमिकताका साथ काम गरिने उहाँको भनाई थियो । सो कार्यक्रममा भवन निर्माणमा योग्दान दिने र उत्कृष्ठ विद्यार्थी गरी ४४ जनालाई सम्मान गरिएको थियो । २०६४ सालदेखि भवन निर्माण सुरु भएको थियो । एक कठ्ठा जग्गामा रहेको भवनलाई अझै संग्रालयमा परिणत गर्ने योजनामा संघ रहेको…