मगर संघ भरतपुर–२६ को भवन उद्घाटन

नेपाल मगर संघ भरतपुर महानगरपालिका वडा नम्बर–२६ ज्योतिनगरको हिजो शनिवार भवन उद्घाटन गरिएको छ । उक्त भवनको उद्घघाटन वडाध्यक्ष ज्ञानप्रसाद खनालले गर्नुभएको हो ।
सो अवसरमा बोल्दै खनालले वडाका तर्फबाट संघलाई निरन्तर सहयोग रहने बताउनुभयो । उहाँले बाँकी काम पुरा गर्न आवश्यक सहयोग र सहजिकरण गरिने जानकारी दिनुभयो । मगर संस्कृति संरक्षण र सम्बद्र्धनका लागि पनि प्राथमिकताका साथ काम गरिने उहाँको भनाई थियो ।

सो कार्यक्रममा भवन निर्माणमा योग्दान दिने र उत्कृष्ठ विद्यार्थी गरी ४४ जनालाई सम्मान गरिएको थियो । २०६४ सालदेखि भवन निर्माण सुरु भएको थियो । एक कठ्ठा जग्गामा रहेको भवनलाई अझै संग्रालयमा परिणत गर्ने योजनामा संघ रहेको छ । संघका अध्यक्ष टेक बहादुर थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा बृद्ध सेवा समाजका केन्द्रीय सदस्य चिजकुमार आलेमगर, नेपाल मगर संघ चितवनका सहसचिव भिमबहादुर थापा मगर, पूर्व अध्यक्ष टेक बहादुर सारुमगर लगायतको उपस्थित रहेको थियो ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.