भरतपुरमा गरियो त्रिचोक टोलस्तरीय बाल क्लब गठन

भरतपुर महानगरपालिका–४ त्रिचोकमा त्रिचोक टोलस्तरीय बाल क्लब गठन गरिएको छ ।
आज शनिवार भएको अभिभावक र बालबालिकाको भेलाले त्रिचोक टोल विकास संस्थाअन्तर्गत रहने गरी बाल क्लब गठन गरेको हो ।
नवगठित बाल क्लबको अध्यक्षमा अनुराग दंगाल रहनुभएको छ । बाल क्लबको उपाध्यक्षमा सफलता काफ्ले, सचिवमा अस्लेसा कँडेल, कोषाध्यक्षमा हिमाल कँडेल र सहसचिवमा बिक्रम अधिकारी लगायतका रहेका छन् । कुल १५ सदस्यीय कार्यसमितिको सदस्यमा सक्षम सापकोटा, अनुस्का कँडेल, मेहिशता अधिकारी, रिवाज सापकोटा, आरम्भ पौडेल, युग ढकाल, श्रेया घिमिरे, हिमेश कँडेल, सजल ढुंगाना र सफल काफ्ले रहेको बताइएको छ ।

उक्त भेलाले बाल क्लब गठनको जानकारी सहित वडामा सूचीकृत गर्ने काम टोल विकास संस्थामार्फत् गर्ने निर्णय गरेको छ । भेलाले टोलभित्रका सम्पूर्ण बालबालिकाहरुको शारीरिक तथा मानसिक वृत्ति विकासका लागि टोल विकास संस्था र अभिभावकहरुको समन्वयमा काम गर्ने निर्णयसमेत गरेको छ । कार्यसमिति सदस्य १५ जना र साधारण सदस्य १६ जना गरी त्रिचोक टोलस्तरीय बाल क्लबमा ३१ जना सदस्य छन् । क्लबलाई आगामी दिनमा टोलभित्रका बालबालिकाको लागि उपयोगी हुने हिसाबले अगाडि बढाइने जनाइएको छ ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.