राजनिती

सभामुखमा एमालेका घिमिरेको उम्मेदवारी दर्ता

सभामुखमा एमालेका घिमिरेको उम्मेदवारी दर्ता

प्रतिनिधिसभाको सभामुख पदका लागि नेकपा एमालेका देवराज घिमिरेले उम्मेदवारी दर्ता गराउनु भएको छ । आज बुधवार बिहान नयाँ बानेश्वरमा रहेको संघीय संसद् सचिवालयमा उम्मेदवारी दर्ता गराउनुभएको हो । एमाले स्थायी कमिटी सदस्य समेत रहनुभएका घिमिरेको प्रस्तावकमा एमालेका सुवासचन्द्र नेम्वाङ र समर्थकमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेकपा माओवादी केन्द्रका हितराज पाण्डे रहनुभएको छ । झापा–२ बाट निर्वाचित भएर पहिलोपटक प्रतिनिधिसभा सदस्य बन्नुभएका घिमिरे २०५६ मा राष्ट्रिय सभा सदस्य चुनिनु भएको थियो । सभामुख पदमा एमाले र उपसभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिने सत्तारुढ दलहरुबीच सहमति भएको थियो । एमालेमा सभामुखका लागि पृथ्वीसुब्बा गुरुङ,…
Read More
प्रधानमन्त्री दाहालसँग बेलायतका राजदूत निकोलाको भेटवार्ता

प्रधानमन्त्री दाहालसँग बेलायतका राजदूत निकोलाको भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)सँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा द्विपक्षीय सम्बन्धका विविध विषयमा विचारविमर्श भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।
Read More
सभामुखको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक

सभामुखको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक

सभामुख पदको निर्वाचनका लागि संघीय संसद् सचिवालयले कार्यतालिका सार्वजनिक गरेको छ । संसद् सचिवालयले जारी गरेको कार्यतालिका अनुसार भोलि बुधबार सभामुख पदका लागि उम्मेदवारी दर्ता गराउन पाइनेछ । सत्ता गठबन्धन दलहरूबीच भएको सहमति अनुसार सभामुख पद एमालेको भागमा परेको भनिए पनि कसलाई बनाउने भनेर निर्णय भइसकेको छैन । तर, सोमबार राति बसेको सत्ता साझेदार दलहरूको बैठकले उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिने सहमति गरेको थियो ।
Read More
लुम्बिनीका मुख्यमन्त्री  गिरीले माघ ५ गते विश्वासको मत लिने

लुम्बिनीका मुख्यमन्त्री गिरीले माघ ५ गते विश्वासको मत लिने

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आउँदो माघ ५ गते विश्वासको मत लिने हुनुभएको छ । पुस २७ गते प्रदेश सभाका १० मध्ये सात दलका ५६ जना र दुईस्वतन्त्र गरी ५८ सांसदको समर्थनमा गिरी मुख्यमन्त्री नियुक्त हुनुभएको हो । मुख्यमन्त्री गिरीले प्रदेशसभाबाट विश्वासको मत लिनेबारे मंगलबार प्रदेश सभा सचिवालयलाई जानकारीपत्र बुझाएको प्रदेश सभा सचिवालयले जनाएको छ । संविधानको धारा १६८ को उपधारा ४ अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । गिरीलाई नेकपा एमालेका २९, माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जसपाका ३, जनमत पार्टीका ३ जना, लोकतान्त्रिक समाजवादी पार्टीका ३…
Read More
सुदूरपश्चिमको सभामुखमा माओवादीका भण्डारी निर्वाचित

सुदूरपश्चिमको सभामुखमा माओवादीका भण्डारी निर्वाचित

सुदूरपश्चिम प्रदेशसभाको सभामुख पदमा माओवादी केन्द्रका सांसद भीमबहादुर भण्डारी निर्वाचित हुनुभएको छ । आज मंगलबार भएको मतदानमा उहाँले २९ मत पाएर बहुमत प्राप्त गर्नुभएको हो । यसअघि लगातार दुई पटक भएको मतदानमा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेर सभामुख चयनमा सकस भएको सुदूरपश्चिममा तेस्रो पटकको मतदानबाट सत्ता गठबन्धनकातर्फबाट उम्मेदवार रहनुभएका माओवादी केन्द्रका सांसद भण्डारी निर्वाचित हुनुभएको हो । उहाँ बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर (२) बाट निर्वाचित सांसद हुनुहुन्छ । आज भएको मत विभाजनमा भण्डारीले २९ मत प्राप्त गर्नुभएको छ । ५३ सदस्यीय प्रदेशसभामा बहुमत पु¥याउन २७ मत आवश्यक हुन्छ । सत्ता गठबन्धनका साझेदार दलहरु माओवादी केन्द्र ११, एमाले १०,…
Read More
प्रधानमन्त्री प्रचन्डद्धारा मन्त्रीमण्डल विस्तार, नवनियुक्त मन्त्रीले लिए आजै सपथ

प्रधानमन्त्री प्रचन्डद्धारा मन्त्रीमण्डल विस्तार, नवनियुक्त मन्त्रीले लिए आजै सपथ

प्रधानमन्त्री नियुक्त भएको २३ दिनपछि पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारले पूर्णता पाएको छ । गत पुस १० मा प्रधानमन्त्री नियुक्त हुनुभएका प्रचण्डले आज मंगलबार (३ माघ) मा मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको हो । प्रधानमन्त्री बनेकोे भोलिपल्ट अर्थात् गत पुस ११ मा पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएका प्रधानमन्त्री प्रचण्डले सोही दिन नै आठ सदस्यीय मन्त्रिमण्डल विस्तार गर्नुभएको थियो । त्यसपछि आज (मंगलबार) १४ मन्त्री नियुक्त भएका हुन् । जसपा समेतका दलहरुलाई समेट्न केही मन्त्रायय बाँकी राख्दै आज मन्त्रिमण्डल विस्तार गरिएको हो । नवनियुक्त मन्त्रीहरुले शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथग्रहणसमेत गरिसक्नुभएको छ । सत्ता साझेदार दलमध्ये एमालेले सबैभन्दा बढी आठवटा मन्त्रालय…
Read More
चितवनका बिक्रम पाण्डे सहरी विकास मन्त्री

चितवनका बिक्रम पाण्डे सहरी विकास मन्त्री

चितवन क्षेत्र नः३ का प्रतिनिधीसभा सदस्य रहनुभएका राप्रपा उपाध्यक्ष बिक्रम पाण्डे सहरी विकास मन्त्री हुनुहुने भएको छ । सत्ता गठबन्धनमा भएको भागबन्डामा राप्रपाले तीन मन्त्री र एक राज्यमन्त्री पाएकोमा उपाध्यक्ष पाण्डे सहरी विकास मन्त्री हुने निश्चित भएको हो । राप्रपाबाट पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान तथा उर्जा मन्त्री र ध्रुबबहादुर प्रधान कानुमन्त्री बन्नुहुने भएको छ । मन्त्रीहरुको सपथग्रहण आज दिउँसो १ बजेपछि हुँदैछ ।
Read More
बाग्मति प्रदेशका उपसभामुखमा तीन उम्मेदवार

बाग्मति प्रदेशका उपसभामुखमा तीन उम्मेदवार

बाग्मती प्रदेशको उपसभामुखका लागि तीनजनाको उम्मेदवारी परेको छ । आज ३ बजे हुन गईरहेको उपसभामुख निर्वाचनका लागि नेकपा एमाले, नेपाली कांग्रेस र नेमकिपाका तीन उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।जस अनुसार एमालेवाट अप्सरा चपागाई, कांग्रेसवाट सुना परियार तथा नेमकिपावाट गीता काफ्लेको उम्मेदवारी परेको छ । तीनै जनाको उम्मेदवारका मत चयन प्रक्रिया आज अपरान्ह ३ बजेवाट सुरु हुने प्रदेश संसद सचिवालयले जनाएको छ ।
Read More
अनेरास्ववियुको राष्ट्रिय महाधिवेशन आउँदो फागुनमा

अनेरास्ववियुको राष्ट्रिय महाधिवेशन आउँदो फागुनमा

नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको २३औँ राष्ट्रिय महाविधेशन अब आउँदो फागुनमा हुने भएको छ । अब आउँदो फागुन २ देखि ४ गतेसम्म महाअधिवेशन गर्ने निर्णय गरिएकोे अनेरास्ववियुका महासचिव समिक बडालले जानकारी दिनुभयो । अनेरास्ववियुको यसअघि २०७२ मा २२ औं राष्ट्रिय अधिवेशन भएको थियो । नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकता भएपछि अखिलको अधिवेशन हुन सकेको थिएन । महाअधिवेशनअघि अब आउँदो माघ १५ गतेभित्र अधिवेशन हुन बाँकी भएका कमिटीको अधिवेशन गर्न र महाधिवेशनका लागि आउँदो माघ २५ गतेभित्र महाधिवेशन प्रतिनिधि छनोट गरी केन्द्रमा पठाउनसमेत भनिएको छ । माघ २० गते स्ववियु निर्वाचन सम्पन्न भएका कमिटी, माघ २१ गते…
Read More
मधेस प्रदेशका मुख्यमन्त्री यादवसहित तीन मन्त्रीले लिए शपथ

मधेस प्रदेशका मुख्यमन्त्री यादवसहित तीन मन्त्रीले लिए शपथ

मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेश प्रमुख हरिशंकर मिश्रले एक समारोहका बीच यादवलाइ शपथ ग्रहण गराउनुभएको हो । मुख्यमन्त्री यादवले आफ्नो मातृभाषा भोजपुरीमा शपथ ग्रहण गर्नुभएको छ । मुख्यमन्त्रीसँगै अन्य तीन जना मन्त्रीले पनि शपथ लिएका छन् । नेकपा एमालेका सरोज यादव, जनमत पार्टीका वसन्त कुशवाहा र जनता समाजवादी पार्टीका सञ्जय यादवले शपथ लिए पनि मन्त्रालयको जिम्मेवारी भने दिइएको छैन । उक्त शपथ ग्रहण कार्यक्रममा जसपाका अध्यक्ष उपेन्द्र यादव, जसपा सङ्घीय संसदीय दलका नेता रामसहायप्रसाद यादव, निवर्तमान मुख्यमन्त्री लालबाबु राउत लगायतको सहभागिता रहेको थियो । शपथ ग्रहण गर्नुअघि मुख्ख्यमन्त्री यादवले जनकपुरधामको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.