राजनिती

समानुपातिकतर्फ प्रदेशसभा सदस्यमा दलित समुदायबाट २८ जना

समानुपातिकतर्फ प्रदेशसभा सदस्यमा दलित समुदायबाट २८ जना

सात प्रदेशमा दलित समुदायबाट समानुपातिकतर्फ २८ जना प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । निर्वाचन आयोगले गत बुधवार सार्वजनिक गरेको प्रदेशसभा समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित सदस्यको सूचिअनुसार प्रदेश नं १ मा नेकपा (एमाले) बाट कमला दर्नाल (तेह्रथुम), नेपाली कांग्रेसबाट सुनिताकुमारी गुरुङ (सुनसरी), नेकपा (माओवादी केन्द्र) बाट सपना दर्जी (सुनसरी) र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोपालबहादुर विश्वकर्मा (झापा) प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । त्यसैगरी मधेस प्रदेशमा कांग्रेसबाट सकुन्ती देवी (सर्लाही) र निलमकुमारी रजक (सप्तरी), एमालेबाट पलटीदेवी महरा (धनुषा), जनमत पार्टीबाट रञ्जुकुमारी मण्डल खंग (सप्तरी), जनता समाजवादी पार्टी नेपालबाट ललिता दास (सिरहा), माओवादी केन्द्रबाट शारदा दास पहाडी (धनुषा) र नेकपा (एकीकृत समाजवादी) बाट…
Read More
यस्तो छ प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम

यस्तो छ प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम

निर्वाचन भएको करिब तीन सातापछि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगले आज वुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतिनिधिसभा र प्रदेशसभा अन्तर्गतको प्रत्यक्ष र समानुपातिक निर्वाचनतर्फको परिणाम सार्वजनिक गरेको हो । भोली बिहीबार राष्ट्रपतिलाई प्रतिवदेन बुझाउने र अब आउँदो पुस २ गते आयोग पदाधिकारीले सातै प्रदेशमा प्रदेश प्रमुखलाई प्रतिवेदन बुझाउने प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपिलयाले जानकारी दिनुभयो । उक्त प्र्रतिवेदन राष्ट्रपति र प्रदेश प्रमुखसमक्ष बुझाएपछि राजपत्रमा प्रकाशित हुनेछ । आयोगले तयार गरेको निर्वाचन परिणाम प्रतिवेदन अनुसार प्रतिनिधि सभातर्फ दुई सय ७५ र प्रदेश सभातर्फ पाँचसय ५० जना गरी कूल आठसय २५ जना निर्वाचित भएका…
Read More
चार हजार दुई सय ८५ उम्मेदवारको भयो जमानत जफत

चार हजार दुई सय ८५ उम्मेदवारको भयो जमानत जफत

गत मंसिर ४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ७५ प्रतिशत भन्दा बढी उम्मेदवारको धरौटी (जमानत) जफत भएको छ । निर्वाचन आयोगले आज बुधबार आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार प्रतिनिधिसभामा दुई हजार चार सय ११ र प्रदेशसभामा तीन हजार दुई सय २४ जनाको उम्मेदवारी परेको थियो । तीमध्ये प्रतिनिधिसभातर्फ एक हजार सात सय ७२ पुरुष र एकसय ८९ जना महिला गरी एक हजार नौ सय ६१ जनाको धरौटी जफत भएको छ । त्यस्तै प्रदेशसभातर्फ दुई हजार ८६ पुरुष, दुईसय ३७ महिला र एक जना अन्य गरी कुल दुई हजार तीनसय २४ जनाको धरौटी जफत भएको छ । दुबैतर्फ गरी…
Read More
निलम्बित प्रधानन्यायाधीश जबराको आजदेखि सकियो कार्यकाल

निलम्बित प्रधानन्यायाधीश जबराको आजदेखि सकियो कार्यकाल

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कार्यकाल आजदेखि सकिँदैछ । विसं२०७५ पुस १८ गते उहाँले पद तथा गोपनियताको शपथ लिएर कार्यभार सम्हाल्नुभएको थियो । प्रधानन्यायाधीश भएको सुरुको अवधिमा ‘न्यायालयको शुद्धीकरण’ को अभियान सुरु गर्नुभएको थियो । कार्यभार सम्हालेको करिब तीन वर्षपछि अर्थात् २०७८ फागुन १ गते उहाँमाथि न्यायापालिकामा विचलन ल्याएको लगायतका विभिन्न आरोप लगाउँदै प्रतिनिधिसभामा महाअभियोग दर्ता भएको थियो । महाअभियोग निष्कर्षमा पु¥याउन समय लगाएर आफूलाई अन्याय गरेको दाबीसहित गत मंगलबार अर्थात् यहि मङ्सिर २० गते उहाँले संसद सचिवालयमा महाअभियोग निष्प्रभावी भएको पत्र माग गर्दै निवेदन दिनुभएको थियो । उहाँको मागअनुसार संसद् सचिवालयले भोलिपल्ट २१ गते बुधवार पत्र दिएको थियो । संसद्…
Read More
स्ववियु चुनावको मिति तत्काल घोषणा गर्न अनेरास्ववियुले गर्यो माग

स्ववियु चुनावको मिति तत्काल घोषणा गर्न अनेरास्ववियुले गर्यो माग

नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले तत्काल स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन घोषणा गर्न त्रिभुवन विश्वविद्यालयलाई आग्रह गरेको छ । आज मंगलबार अध्यक्ष सुनीता बरालसहितको टोलीले त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटालाई ज्ञापनपत्र बुझाउँदै तत्काल स्ववियु चुनावको मिति घोषणा गर्न माग गरेको हो । ‘अब कुनै पनि बहानामा स्ववियु निर्वाचन नगराउने छुट विश्वविद्यालयलाई हुने छैन’ अनेरास्ववियुको विज्ञप्तिमा उल्लेख छ । विश्वविद्यालयमा स्ववियु नहुँदा शैक्षिक माफिया मौलाउने र विद्यार्थीका नाममा अराजक गतिविधि बढेको पनि अनेरास्ववियुले बताएको छ । ‘जब विश्वविद्यालय स्ववियुविहीन हुन्छ त्यहाँ एकातिर शैक्षिक माफियाहरु मौलाउने र अर्कातिर विद्यार्थीका नाममा अराजकता र अपराधिकरण चुलिँदै जान्छ भन्ने तथ्य पनि प्रश्नपत्र सम्बन्धी मुद्दा, विश्वविद्यादलयमा भएका…
Read More
चितवनबाट यि तीन दलले मात्रै पाए समानुपातिकमा सांसद

चितवनबाट यि तीन दलले मात्रै पाए समानुपातिकमा सांसद

संजय दुवाडी थ्रेसहोल्ड कटाएर राष्ट्रिय पार्टी बन्न सफल सात दलमध्ये चितवनबाट तीन दलले मात्रै समानुपातिक सांसद् पाएका छन् । देशभरमा समानुपातिकमा दोस्रो पार्टी बन्न सफल नेपाली कांग्रेसबाट दुई जना र नेकपा माओवादी केन्द्रबाट तीन जनाले मात्रै सांसद् पाएका हुन् । प्रतिनिधिसभामा समानुपातिकतर्फ कांग्रेस र माओवादीले सांसद् पाउँदै गर्दा नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले भने सांसद् पाउन सकेनन् । कांग्रेसबाट समानुपातिकमार्फत संघीय संसद्मा प्रवेश गर्नेमा शान्ति विक परियार र अञ्जनी श्रेष्ठ छन् । भरतपुर–१२ घर भएकी शान्ति र भरतपुर–७ घर भएकी अञ्जनीले समानुपातिकबाट संसद् प्रवेश गर्ने मौका पाएको बताइएको छ । उहाँहरु दुवैजना पार्टीमा हाल केन्द्रीय सदस्य…
Read More
एजेन्डामा कुरा मिले रवि लामिछाने नेतृत्वको पार्टी सरकारमा जान तयार

एजेन्डामा कुरा मिले रवि लामिछाने नेतृत्वको पार्टी सरकारमा जान तयार

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सहभागी हुने भएको छ । पहिलोपटक निर्वाचनमा भाग लिएर २० सिटसहित संसद् प्रवेश गरेको पार्टीले दुवै गठबन्धनका नेताहरुसँग अनौपचारिक छलफल गरेसँगै सरकारमा सहभागी हुने देखिएको हो । जनताका पक्षमा काम गर्ने गरी सरकारमा सहभागी हुन तयार भएको रास्वपाका महामन्त्रीसमेत रहनुभएका प्रवक्ता डा. मुकुल ढकालले बताउनुभयो । विदेशमा बस्ने नेपालीलाई भोट हाल्ने अधिकार, भ्रष्टाचार नियन्त्रण र विश्वविद्यालय क्षेत्रको सुधारसहितका एजेन्डामा कुरा मिले सरकारमा सहभागी हुन तयार भएको बताइएको छ । आफुहरु मन्त्रीमा होइन एजेन्डामा भागबण्डा हुनेगरी कुरा मिल्यो भने सरकारमा सहभागी हुने ढकालको भनाई छ । एक सय वटा कानुन बनाउँदा रास्वपाको प्रस्तावमा पाँचवटा…
Read More
कांग्रेसबाट प्रदेश सांसद बने चितवनका तीन नेतृ

कांग्रेसबाट प्रदेश सांसद बने चितवनका तीन नेतृ

नेपाली कांग्रेसको समानुपातिक सूचीबाट चितवनका तीन जना महिला नेतृ बागमती प्रदेशको सांसद चुनिएका छन् । कांग्रेसले हिजो शनिबार निर्वाचन आयोगलाई बुझाएको सांसदको सूचीमा चितवनका महिला नेतृहरुले अवसर पाएका हुन् । कांग्रेस महाधिवेशन प्रतिनिधि समेत रहनुभएकी नेतृ विनु रायमाझी पौडेल र गीता गुरुङ, नेतृ माया श्रेष्ठ सांसदमा चुनिएको कांग्रेस स्रोतले जनाएको छ । सांसद पौडेल तरुण दल हुँदै कांग्रेसको राजनीतिमा लामो समयदेखि कृयाशिल हुनुहुन्छ । कांग्रेसको हरेक गतिविधिमा उहाँको सक्रियता देखिन्छ । उहाँ बागमती प्रदेशको मन्त्री हुन सक्ने संभावित नेतृ हुनुहुन्छ । यस्तै गुरुङ कांग्रेसको राजनीतिमा लामो समयदेखि क्रियाशिल छिन् । पौडेल खस आर्य महिला क्लस्टबाट सांसद चुनिनुभएको हो भने गुरुङ…
Read More
कांग्रेसको समानुपातिक सांसद बने चितवनका श्रेष्ठ र विक

कांग्रेसको समानुपातिक सांसद बने चितवनका श्रेष्ठ र विक

नेपाली कांग्रेसले टुंगो लगाएको ३२ जना समानुपातिक सांसदमा चितवनबाट दुई जना महिला परेका छन् । आज बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिपछि पदाधिकारीसँगको छलफलपछि सभापति शेरबहादुर देउवाले चितवनका दुईसहित बन्दसूचीबाट समावेशिताको आधारमा सांसदको नाम टुंगो लगाउनुभएको हो । जसमा चितवनबाट समानुपातिक सांसद बन्न सफल महिला नेतृहरु अन्जनी श्रेष्ठ र शान्ति विक रहनुभएको छ । विद्यार्थीकालदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ पद्यमकन्या क्याम्पसको स्ववियु सभापति हुँदै कांग्रेसको केन्द्रीय सदस्य रहनुभएको छ । संविधानसभाको सदस्यसमेत बन्नुभएकी श्रेष्ठ चितवनका प्रदेश मन्त्री मिलनबाबु श्रेष्ठकी श्रीमती हनुहुन्छ । त्यसैगरी भरतपुर–१२ की स्थायी बासिन्दा शान्ति विक नेपाली कांग्रेसको केन्द्रीय सदस्य रहनुका साथै लामोसमयसम्म दलित…
Read More

पूर्व प्रहरी महानिरीक्षक खनाल एमाले प्रवेश गर्दै

    काठमाडौं, असोज ५-अनुप पौडेल  पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र  खनाल एमाले  प्रवेश गर्ने भएका छन्। खनाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा एमाले प्रवेश गराउने भएका छन्। ओली निकट स्रोतले दिएको जानकारी अनुसार बुधबार ओलीले खनाललाई आफ्नै निवास बालकोटमा भेटेका थिए। भेटमा खनाललाई अध्यक्ष ओलीले पार्टीमा महत्वपूर्ण जिम्मेवारी दिने समेत बताएका थिए। बारा,पर्सा र काठमाडौंमध्ये कुनै एक ठाउँबाट खनाललाई उम्मेदवार बनाउनसमेत ओली तयार भएको स्रोतले बताएको छ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.