चार हजार दुई सय ८५ उम्मेदवारको भयो जमानत जफत

गत मंसिर ४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ७५ प्रतिशत भन्दा बढी उम्मेदवारको धरौटी (जमानत) जफत भएको छ ।
निर्वाचन आयोगले आज बुधबार आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार प्रतिनिधिसभामा दुई हजार चार सय ११ र प्रदेशसभामा तीन हजार दुई सय २४ जनाको उम्मेदवारी परेको थियो । तीमध्ये प्रतिनिधिसभातर्फ एक हजार सात सय ७२ पुरुष र एकसय ८९ जना महिला गरी एक हजार नौ सय ६१ जनाको धरौटी जफत भएको छ ।
त्यस्तै प्रदेशसभातर्फ दुई हजार ८६ पुरुष, दुईसय ३७ महिला र एक जना अन्य गरी कुल दुई हजार तीनसय २४ जनाको धरौटी जफत भएको छ । दुबैतर्फ गरी चारहजार दुईसय ८५ उम्मेदवारको धरौटी जफत भएको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभामा गरी पाँच हजार छ सय ३५ जनाको उम्मेदवारी रहेकामा चारहजार दुई सय ८५ जनाको जमानत जफत भएको हो । जुन कुल उम्मेदवारको ७६ प्रतिशत भन्दा बढी हो ।
निर्वाचन कानुन अनुसार प्रत्यक्षतर्फ निर्वाचनमा खसेको कुल सदर मतको १० प्रतिशत मत पाउन नसक्नेको धरौटी जफत हुनेछ ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ कुनै राजनीतिक दलले कम्तीमा एक सिट प्राप्त नगरेमा त्यस्तो दलले राखेको धरौटी जफत हुने व्यवस्थाबमोजिम प्रतिनिधि सभातर्फ बन्दसूची पेश गर्ने ४७ दलमध्ये ४० वटा दलको धरौटी जफत भएको छ ।

त्यस्तै प्रदेश सभातर्फ प्रदेश १ मा ३०, मधेश प्रदेशमा २६, बागमती प्रदेशमा ३३, गण्डकीमा २४, लुम्बिनी प्रदेशमा २२, कर्णाली प्रदेशमा २२ र सुदूरपश्चिम प्रदेशमा २८ वटा दलको धरौटी जफत भएको छ ।
प्रतिनिधिसभामा प्रत्यक्षतर्फ उम्मेदवारी दिनेले दशहजार रुपैयाँ र समानुपातिकतर्फ बन्द सूची पेश गर्न ५० हजार रुपैयाँ धरौटी बुझाउनुपर्ने कानुनी व्यवस्था छ ।
त्यस्तै, प्रदेशसभामा प्रत्यक्षतर्फ प्रत्यक्षमा उम्मेदवारी दिनेले पाँचहजार र समानुपातिकमा बन्दसूची बुझाउनेले २५ हजार रुपैयाँ धरौटी बुझाउनुपर्ने कानुनी व्यवस्था छ ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.