सूचना–प्रविधि

एसईई को नतिजा सार्वजनिक

एसईई को नतिजा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । बुधबार बसेको बोर्डको बैठकले कक्षा १० को माध्यामिक शिक्षा परीक्षा (एसईई) एसईईको नतिजा सार्वजनिक गरेको छ। नतिजा अनुसार ४ लाख ९५ हजार ७५१ जना सहभागी भएका थिए । कोभिडको कारण गएको दुई बर्ष आन्तरिक मुल्यांकन बाट नतिजा सार्वजनिक भएकोमा यो बर्ष बिद्यार्थीहरुले भौतिक उपस्थितिमै परीक्षा दिएका थिए।
Read More
रियलमीका सी–२५ वाई स्मार्टफोन बजारमा

रियलमीका सी–२५ वाई स्मार्टफोन बजारमा

पुस १९ । रियलमीले ५० एमपीए–आई ट्रिपल क्यामेरा सिस्टम सहितको रियलमी सी–२५ वाई सिरिजका स्मार्टफोन सार्वजनिक गरेको छ । सी–२५ वाईमा १८ वाटको छिटो चार्जिङ हुने ५००० एमएएचको ब्याट्री, फिङ्गर प्रिन्ट, सेन्सर सहितको शक्तिशाली यूनिसोक टी-६१० प्रोसेसर र ६.५ इन्चको डिस्प्ले छ । यसको क्यामेरामा ए–आई ब्यूटी मोड फङ्सन, एचडीआर मोड, प्यानारोमिक भ्यू मोड, पोट्रेट मोड, टाइम ल्याप्स फङ्सन, एक्सपर्ट मोड लगायत विशेषता रहेको कम्पनीले जनाएको छ । यसमा ए–ब्यूटी फङ्सन भएको ८ एमपी सेल्फी क्यामेरा छ । सी–२५ वाई सिरिजका स्मार्टफोनमा दुई वटा नानो–सिम प्रयोग गर्न मिल्छ । यसमा २५६ जीबीसम्मको अतिरिक्त स्टोरेजका लागि माइक्रो एसडी कार्ड स्लट पनि छ…
Read More
मंगलबारदेखि सधैंका लागि बन्द हुँदै ब्ल्याकबेरी

मंगलबारदेखि सधैंका लागि बन्द हुँदै ब्ल्याकबेरी

पुस १७ । कुनै समयमा मोबाइल बजारमा राज गरेको ब्ल्याकबेरी अब सधैंका लागि बन्द हुने भएको छ । हुन त योभन्दा अगाडि पनि यो कम्पनी बन्द हुने विषयमा धेरै चर्चा चलेको थियो । तर योपटक भने साँच्चै सधैंका लागि बन्द हुँदैछ । कम्पनीले एक सूचना जारी गर्दै जनवरी ४ देखि ब्ल्याकबेरी ७.१ सफ्टवेयरमा आधारित कुनै पनि फोन, ट्याब्लेटहरू चल्ने छैनन् । वाई-फाई वा डेटा वा सिम नै भएपनि ब्ल्याकबेरीका कुनै पनि उत्पादन अब चल्ने छैनन् । हुन त नेपाली बजारमा यसको प्रयोग त्यति भएको छैन र कमै प्रयोगकर्ताले यो फोन प्रयोग गरिरहेको हुनसक्छ । यदि ब्ल्याकबेरीको आफ्नै सफ्टवेयरबाट सञ्चालित फोन…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.